Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको वार्षिक सभा जेठ २६ गते, ८% बोनस सेयर र नगद लाभांश प्रस्ताव

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको वार्षिक सभा जेठ २६ गते, ८% बोनस सेयर र नगद लाभांश प्रस्ताव

  •  

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बिहान ११ बजे आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा बस्ने भएको छ। सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।

    कम्पनीले यसअघि सातौं साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय गरेको छ। बोनस सेयर जारी गरेपछि नै नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी स्तर पूरा हुने भएकाले हकप्रद सेयर आवश्यक नरहेको कम्पनीले स्पष्ट पारेको छ।

    सभामा बोनस सेयरमार्फत चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएकाले प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरणमाथि पनि छलफल गरी पारित गरिने एजेन्डा रहेको छ।

    कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति जेठ १६ गते तोकेको छ। तर, जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले लाभांश र सभामा सहभागी हुन योग्य हुनका लागि जेठ १४ गते बुधबारसम्म नाम दर्ता गराएका सेयरधनीहरू मात्रै सहभागी हुन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij