Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

आरबीबी म्युचुअल फन्डको एनएभी र नाफा दुवैमा वृद्धि, लगानी थोरै घट्यो

आरबीबी म्युचुअल फन्डको एनएभी र नाफा दुवैमा वृद्धि, लगानी थोरै घट्यो

  •  


    काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित दुबै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य र नाफामा वृद्धि भएको छ। चैत महिनाको तुलनामा वैशाख मसान्तसम्म ‘आरबीबी म्युचुअल फन्ड–१’ को ल्ब्ख् १८ पैसाले बढेर ११ रुपैयाँ ०३ पैसामा पुगेको छ, जुन अघिल्लो महिनामा १० रुपैयाँ ८५ पैसा थियो।

    यद्यपि, फन्डको सूचीकृत कम्पनीहरूको सेयरमा लगानी भने थोरै घटेको छ। चैतमा १ अर्ब ७ करोड २२ लाख रुपैयाँ रहेको लगानी वैशाख मसान्तमा घटेर १ अर्ब ७ करोड २० लाख रुपैयाँमा झरेको छ।

    फन्डको बैंक मौज्दात ९ करोड ५१ लाख रुपैयाँ रहेको छ भने यस अवधिमा ६५ वटा सूचीकृत कम्पनीका सेयर खरिद गरिएको छ। नाफाको हिसाबले हेर्दा फन्डले उल्लेखनीय सुधार गरेको छ — अघिल्लो महिनाको १० करोड ७१ लाख रुपैयाँ नाफाबाट बढेर वैशाख मसान्तमा १२ करोड ९८ लाख रुपैयाँ नाफामा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij