Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सिद्धार्थ क्यापिटलका म्युचुअल फन्डको एनएभी र नाफा घट्यो, लगानी र मौज्दातमा पनि कमी

सिद्धार्थ क्यापिटलका म्युचुअल फन्डको एनएभी र नाफा घट्यो, लगानी र मौज्दातमा पनि कमी

  •  

    काठमाडौं — सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित चारवटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य  र नाफा वैशाख महिनामा घटेको छ। चैत महिनाको तुलनामा सबै फन्डको प्रदर्शन कमजोर देखिएको छ।

    त्यसमध्ये, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को वैशाख मसान्तसम्म ९ पैसाले घटेर ११ रुपैयाँ ६३ पैसा कायम भएको छ। अघिल्लो महिनाको अन्त्यमा यसको  ११ रुपैयाँ ७२ पैसा थियो।

    वैशाख महिनासम्म आइपुग्दा फन्डको सूचीकृत कम्पनीमा गरिएको लगानी १ अर्ब १८ करोड रुपैयाँबाट घटेर १ अर्ब १५ करोड रुपैयाँमा झरेको छ। हालसम्म यो फन्डले ५२ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ।

    फन्डको बैंक मौज्दात पनि घट्दै १४ करोड ८३ लाख रुपैयाँबाट १४ करोड ४७ हजार रुपैयाँमा झरेको छ, भने मुद्दती निक्षेपमा १ करोड रुपैयाँ राखिएको छ।

    नाफाको हिसाबले पनि फन्डको प्रदर्शन कमजोर देखिएको छ। वैशाख मसान्तसम्म १४ करोड ९५ लाख रुपैयाँ नाफा गरेको फन्डले चैतमा १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो। बजारको उतारचढाव र लगानी घटेका कारण फन्डको समग्र प्रतिफल घटेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij