Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

नेपाल इन्भेष्टर्स फोरमको तीन बुँदे सुझाव : गभर्नर डा. विश्व पौडेलसमक्ष पुँजी बजार सुधारका प्रमुख मागहरू प्रस्तुत

नेपाल इन्भेष्टर्स फोरमको तीन बुँदे सुझाव : गभर्नर डा. विश्व पौडेलसमक्ष पुँजी बजार सुधारका प्रमुख मागहरू प्रस्तुत

  •  

    काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व पौडेलसमक्ष पुँजी बजारको सुधारका लागि तीन बुँदे महत्वपूर्ण सुझावहरू पेश गरेको छ। सोमबार अध्यक्ष तुलसीराम ढकालको नेतृत्वमा राष्ट्र बैंक पुगेको टोलीले गभर्नरलाई लिखित रूपमा सुझावपत्र बुझाएको हो।

    फोरमले प्रस्तुत गरेका प्रमुख सुझावहरू यस्ता छन् :

    • १५ करोडको सेयर कर्जा सीमा हटाउने – हाल सेयर कर्जामा लागू गरिएको १५ करोडको सिमा हटाउनुपर्ने फोरमको माग छ। यसले लगानीकर्ताको मनोबल घटाएको र बजारलाई निरुत्साहित गरेको उनीहरूको भनाइ छ।
    • बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबारमा सहभागी गराउने व्यवस्था पुनः सुचारु गर्ने – यसले बजारमा तरलता बढाउने र स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।
    • लघुवित्त संस्थाको लाभांश वितरणमा लचिलो नीति अवलम्बन गर्ने – अहिले लागू गरिएको १५ प्रतिशतको सीमा हटाएर संस्थाको लाभ र क्षमता अनुसार लाभांश वितरण गर्न दिनुपर्ने सुझाव फोरमले दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij