
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १२ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
नेपाल इन्भेष्टर्स फोरमको तीन बुँदे सुझाव : गभर्नर डा. विश्व पौडेलसमक्ष पुँजी बजार सुधारका प्रमुख मागहरू प्रस्तुत
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व पौडेलसमक्ष पुँजी बजारको सुधारका लागि तीन बुँदे महत्वपूर्ण सुझावहरू पेश गरेको छ। सोमबार अध्यक्ष तुलसीराम ढकालको नेतृत्वमा राष्ट्र बैंक पुगेको टोलीले गभर्नरलाई लिखित रूपमा सुझावपत्र बुझाएको हो।
फोरमले प्रस्तुत गरेका प्रमुख सुझावहरू यस्ता छन् :
लक्ष्मी उन्नति कोषको एनएभी वृद्धि, तर म्युचुअल फन्डहरूको समग्र नाफा घट्यो
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित ६ वटा म्युचुअल फन्डमध्ये चार फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ० वैशाख महिनामा अघिल्लो महिनाको तुलनामा घटेको छ भने दुई फन्डको मात्र न्याभमा वृद्धि देखिएको छ। समग्र रूपमा हेर्दा यी फन्डहरूको नाफा अघिल्लो महिनाको तुलनामा कमी आएको छ।
लक्ष्मी उन्नति कोषको न्याभ वैशाखमा २ पैसाले वृद्धि भई ११ रुपैयाँ ५५ पैसामा पुगेको छ, जुन चैतमा ११ रुपैयाँ ५३ पैसा थियो। फन्डले वैशाख मसान्तसम्म ५६ करोड ९५ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ, जुन चैतमा ६५ करोड ३९ लाख रुपैयाँ थियो—यसले सेयर होल्डिङमा केही गिरावट आएको संकेत गर्छ।
नेप्सेमा पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबार सुरु हुने
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जी लिमिटेडको साधारण शेयर सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू—जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरू पनि समावेश छन्—लाई निष्कासन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण शेयर र संस्थापक समूहका ६४ लाख कित्ता शेयरसहित कुल ८० लाख कित्ता शेयर सूचीकृत गरिएको हो।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ९६ रुपैयाँ ४५ पैसा देखि २८९ रुपैयाँ ३५ पैसासम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ। यही रेञ्जमा आगामी आइतबार हुने स्पेशल प्रि-ओपन सेसनमार्फत पहिलोपटक कम्पनीको सेयर कारोबार सुरु हुनेछ, जसपछि नियमित दोस्रो बजारमा यसको कारोबार हुनेछ।
शेयर बजार : नेप्से परिसूचकमा २.९७ अंकले घटेर २६७७ बिन्दुमा, ७ अर्ब ५८ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २.९७ अंकले घटेर २६७७ बिन्दुमा आएको छ । आज ७ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज २ वटा भने नकारात्मक सर्किट लेबलमा पुगेका छन् ।यस दिन ३ सय ३७ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र युनिभर्सल पावर परेका छन् ।
चालु आर्थिक वर्षको ९ महिनामा चालु खाता र शोधनान्तरमा उल्लेखनीय बचत, तर व्यापार घाटा बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको समीक्षाअनुसार, पहिलो ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ। सोही अवधिमा शोधनान्तर पनि ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड र शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा थियो।
यस अवधिमा कुल वस्तु निर्यातमा उल्लेखनीय ६५.२ प्रतिशतको वृद्धि भई निर्यात १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। यता, वस्तु आयात पनि १२।२ प्रतिशतले बढेर १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँमा पुगेको छ। यद्यपि, निर्यातको तुलनामा आयातको वृद्धिदर न्यून भए तापनि समग्र व्यापार घाटा भने ६।४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको वार्षिक सभा जेठ २६ गते, ८% बोनस सेयर र नगद लाभांश प्रस्ताव
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बिहान ११ बजे आम्रपाली बेंक्वेट, भाटभटेनी काठमाडौंमा बस्ने भएको छ। सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।
कम्पनीले यसअघि सातौं साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय गरेको छ। बोनस सेयर जारी गरेपछि नै नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी स्तर पूरा हुने भएकाले हकप्रद सेयर आवश्यक नरहेको कम्पनीले स्पष्ट पारेको छ।
प्रि ओपन सेसन : नेप्से सूचक ३२.७० अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३२.७० विन्दुले बढेको छ । यससँगै सूचक २७१२.६९ अंकमा आएको छ । ४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ३६ कम्पनीको १ लाख १६ हजार ४ सय ३४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७ सय ८९ वटा कारोबार भएको हो ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा उहाँले विद्यमान अवरोधहरू हटाइ सुशासन र विकासको गतिलाई अगाडि बढाउन व्यापक सुधारका लागि निर्देशन दिनुभएको हो ।
अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमा नाकाहरूमा पर्यटक प्रवेश गर्दा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । “हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोसिस गरिरहेका छौँ । सम्पर्क सञ्जाल विस्तार गरिएकाले नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौँ राम्ररी आएर बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएका छन् । किमाथाङ्का नाकामा पुल बन्दैछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही पनि नभएका ठाउँमा एकैपटक सबै थोक गर्न पर्दा समय लाग्छ । केही पनि भएन भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । सम्बन्धित निकायबाट हुनुपर्ने सहजीकरणका काममा कुनै कमजोरी नगरी समृद्धिको आधारका रूपमा पर्यटनलाई अघि बढाऔँ ।”
गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेस शिक्षा विभागले आज यहाँ आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उहाँले शिक्षा नै महत्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागिपर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
केरलाः डुबेको ‘कन्टेनर जहाज’ बाट तेल चुहावट रोक्ने पहल जारी
बेङ्लोर ।भारतको केरला राज्य सरकारले एक दिनअघि दक्षिणी तटमा डुबेको ‘जोखिमयुक्त’ कार्गो बोकेको कन्टेनर जहाजबाट तेल चुहावट रोक्न सोमबार भारतीय तटरक्षकले आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् ।
लाइबेरियाली झण्डा बाहक १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज ९एमएससी ईएलएसए ३० आइतबार केरलाको सामुद्रिक तटमा दुर्घटनाग्रस्त भएको थियो।
उक्त जहाजमा ६४० कन्टेनर थिएभने जसमध्ये १३ वटा जीवनका लागि हानिकारक मानिने कार्गो र १२ वटा क्याल्सियम कार्बाइड थिए । उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो ।
ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य रहेको बताउनुभएको छ ।
मन्त्रालयका सचिव, पूर्वसचिव, ऊर्जाविज्ञ, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारी तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूसँग आज विद्युत् विधेयकका विषयमा छलफल गर्दै मन्त्री खड्काले ऊर्जा विकासको मार्गचित्रलाई पूरा गर्न उक्त विधेयक अपरिहार्य रहेको बताउनुभएको हो ।
नेप्सेमा पियोर इनर्जी लिमिटेडको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबार सुरु हुने
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पियोर इनर्जी लिमिटेडको साधारण शेयर सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू—जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरू पनि समावेश छन्—लाई निष्कासन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण शेयर र संस्थापक समूहका ६४ लाख कित्ता शेयरसहित कुल ८० लाख कित्ता शेयर सूचीकृत गरिएको हो।
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कुटपिट भएको विरोधमा भन्सार एजेन्ट महासंघ र भन्सार कर्मचारी आन्दोनमा ,कुटपिट गर्ने नगर प्रहरी प्रमुखसहित चार जना पक्राउ
काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको विरोधमा भन्सार कर्मचारी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् ।गत शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले कुटपिट गरेको बिरोधमा भन्सार कर्मचारी र भन्सार एजेन्ट महासंघ आन्दोलनमा उत्रिएको हो ।
कुटपिटमा सङ्लग्न नगर प्रहरी प्रमुख धामीसहितलाई कारबाही र सुरक्षाको माग गर्दै सेवा ठप्प पारिएको कैलाली भन्सार कार्यालयलका एक कर्मचारीले नयाँसडकलाई बताए । भन्सार कार्यालय बन्द भएपछि आयात र निर्यात आज सम्म प्रभावित भएको छ ।
सुनको भाउ तोलामा ७०० रुपैयाँले घट्यो, चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९१ हजार १०० रुपैयाँमा झरेको छ। आइतबार यो दर १ लाख ९१ हजार ८०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ भने यथावत् रहेको छ। सोमबार पनि प्रतितोला चाँदी २ हजार ५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। आइतबार पनि चाँदीको भाउमा कुनै परिवर्तन आएको थिएन।
देशभर आंशिक मौसम प्रणाली सक्रिय, केही ठाउँमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएराति कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij