Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सान्भि इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

  • काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो। लगानीकर्ताले कार्यालय समयभित्र सी–आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो।

    सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार (जेठ १२) बिहान १०:०७ बजेसम्म १५ लाख २३ हजार ९८९ जनाले १ करोड ८८ लाख ९० हजार ५९० कित्ताका लागि आवेदन दिइसकेका छन्, जुन निष्काशन गरिएको संख्याको तुलनामा उल्लेख्य माग हो।

    यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयहरूलाई ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको २ लाख ९१ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई "CARE NP BB+ (Issuer Rating)" प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। उक्त रेटिङ २०८२ सालको फागुन १५ गतेसम्म मान्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij