Logo

May 28 2025 | २०८२, जेठ १४गते

May 28 2025 | २०८२, जेठ १४गते

images

नाइजेरियामा पृथकतावादी आन्दोलनका कारण चार वर्षमा ७७६ जनाको मृत्यु, आर्थिक क्षति ७.६ ट्रिलियन डलर

नाइजेरियामा पृथकतावादी आन्दोलनका कारण चार वर्षमा ७७६ जनाको मृत्यु, आर्थिक क्षति ७.६ ट्रिलियन डलर

  • लागोस । नाइजेरियाको दक्षिणपूर्वी क्षेत्रमा सक्रिय एक प्रमुख पृथकतावादी समूह ‘इन्डिजिनस पिपल अफ बियाफ्रा’ द्वारा पछिल्ला चार वर्षयता आयोजना गरिएका प्रदर्शन र आन्दोलनहरूका कारण ७७६ जनाको ज्यान गएको एक गुप्तचर थिङ्क ट्याङ्क, एसबीएम इण्टेलिजेन्सले सोमबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।

    सन् १९६० को दशकमा भएको गृहयुद्धपछिको समयमा पुनः स्वतन्त्रताका लागि दबाब दिइरहेको आईपीओबीले “घरमै बसौँ” नामक अभियानमार्फत जनजीवन प्रभावित पार्दै आएको छ। यद्यपि, सुरुमा शान्तिपूर्ण देखिएका यस्ता आन्दोलनहरूमा पछि हिंसात्मक समूहहरूको हस्तक्षेप भएको र सरकारी कार्यालय, सार्वजनिक गाडी तथा आदेश उल्लङ्घनकर्ताहरूमाथि आक्रमण भएको थिङ्क ट्याङ्कको रिपोर्टमा जनाइएको छ।

    एसबीएम इण्टेलिजेन्सका अनुसार, आन्दोलनका कारण करिब ७।६ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगेको छ भने शिक्षा, शासन, र जनताको जीविकोपार्जन प्रणालीमा गहिरो असर परेको छ। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij