Logo

May 28 2025 | २०८२, जेठ १४गते

May 28 2025 | २०८२, जेठ १४गते

images

प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको न्याभ र नाफा दुबैमा वृद्धि

प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको न्याभ र नाफा दुबैमा वृद्धि

  •  

    काठमाडौं ।प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फन्ड – प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्ड – को प्रतिइकाई खुद सम्पत्ति मूल्य र नाफा वैशाख महिनामा अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ।

    प्रभु सेलेक्ट फन्डको न्याभ वैशाख महिनामा ९ पैसाले बढेर १२ रुपैयाँ ३६ पैसामा पुगेको छ, जुन चैतमा १२ रुपैयाँ २७ पैसा थियो। फन्डको बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँबाट बढेर २ करोड २६ लाख रुपैयाँ पुगेको छ भने मुद्दति निक्षेपमा ४ करोड रुपैयाँ रहेको छ। फन्डले ५१ वटा सूचीकृत कम्पनीमा लगानी गर्दै २३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो महिनाको २२ करोड ८ लाख रुपैयाँभन्दा बढी हो।

    प्रभु स्मार्ट फन्डको न्याभ पनि ८ पैसाले बढेर १२ रुपैयाँ ४६ पैसामा पुगेको छ, जुन चैतमा १२ रुपैयाँ ३८ पैसा थियो। यो फन्डले ४४ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ र वैशाख मसान्तसम्म १७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो महिनाको १७ करोड ७ लाख रुपैयाँभन्दा बढी हो। यस फन्डको बैंक मौज्दात २ करोड ३५ लाख रुपैयाँ कायम भएको छ।

    यद्यपि, दुवै फन्डले सूचीकृत कम्पनीको सेयरमा गर्ने लगानी भने घटाएका छन्। प्रभु सेलेक्ट फन्डले १ अर्ब ४० करोड रुपैयाँबाट घटाएर १ अर्ब ३६ करोडमा लगानी घटाएको छ भने प्रभु स्मार्ट फन्डले १ अर्ब १४ करोडबाट घटाएर १ अर्ब १० करोडमा सीमित गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij