Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

गरिमा समृद्धि योजना नोक्सानीबाट नाफामा : वैशाखमा आम्दानीमा उल्लेख्य वृद्धि

गरिमा समृद्धि योजना नोक्सानीबाट नाफामा : वैशाखमा आम्दानीमा उल्लेख्य वृद्धि

  •  

    काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना वैशाख महिनामा उल्लेखनीय आम्दानी गर्दै नोक्सानीबाट नाफामा फर्किएको छ। अघिल्लो महिना अर्थात् चैत मसान्तसम्म ७१ लाख ५१ हजार रुपैयाँ नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्ममा २ करोड ५४ लाख रुपैयाँभन्दा बढी नाफामा पुगेको हो।

    आम्दानीमा आएको तीव्र वृद्धिले यो सुधार सम्भव भएको हो। चैतमा ९३ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको योजनाले वैशाखमा ४ करोड ५८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। खर्च पनि बढेको देखिएको छ — चैतमा १ करोड ६५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाको खर्च वैशाखमा २ करोड रुपैयाँ पार गरेको छ।

    १० वर्षे बन्दमुखी योजना रहेको गरिमा समृद्धि योजना २०८१ साल पुस १८ गतेदेखि सञ्चालनमा आएको हो। १२ करोड ५० लाख इकाइ जारी गरेको यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) वैशाख मसान्तसम्ममा बढेर १० रुपैयाँ २० पैसा पुगेको छ, जुन चैतमा ९ रुपैयाँ ९४ पैसा थियो।

    वैशाख मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य ९दलाल कमिसनसहित० ९६ करोड २४ लाख २६ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको मुद्दती निक्षेपमा १८ करोड रुपैयाँ लगानी गरिएको छ। कुल लगानीको बजार मूल्य १ अर्ब १४ करोड ८६ लाख रुपैयाँभन्दा बढी कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij