Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

राप्रपा अध्यक्ष लिङदेनको भनाइ : "जेठ १५ को आन्दोलन शान्तिपूर्ण र नियन्त्रणमा हुनेछ"

राप्रपा अध्यक्ष लिङदेनको भनाइ : "जेठ १५ को आन्दोलन शान्तिपूर्ण र नियन्त्रणमा हुनेछ"

  •  

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण, अहिंसात्मक र पूर्णरूपमा संयमित हुने बताएका छन्।

    सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष लिङदेनले प्रदर्शनको प्रकृति स्पष्ट पार्दै, आन्दोलन कुनै पनि हिसाबले हिंसात्मक नहुने दाबी गरे। उनले भने, हाम्रो आन्दोलन सत्याग्रहपूर्ण हुनेछ, त्यसमा हिंसा भड्काउने कुनै कार्य हुनेछैन।

    गत चैतमा राप्रपाले गरेको प्रदर्शनजस्तै ठूलो भिड भएपनि कार्यक्रम आयोजकको पूर्ण नियन्त्रणमा रहने विश्वास व्यक्त गरे।

    सरकारले चक्रपथ बाहिर आन्दोलन गर्न सुझाएको विषयमा उनले प्रस्ट पार्दै भने, चक्रपथ बाहिर गर्दा आन्दोलनको प्रभाव र दबाब उत्पन्न नहुने भएकाले हामीले रत्नपार्कलाई स्थानको रूपमा रोजेका हौं।

    उनको भनाइ अनुसार, आन्दोलनको मुख्य उद्देश्य जनताको भावना र आवाजलाई सशक्त ढंगले प्रस्तुत गर्नु हो, जुन पूर्ण रुपमा लोकतान्त्रिक मूल्य र मर्यादाभित्र सीमित रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij