
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच अर्थतन्त्रबारे छलफल भएको छ ।उपाध्यक्ष र गभर्नरबीचको भेटवार्ता अर्थतन्त्रबारे छलफल भएको हो ।
उपाध्यक्ष अधिारीको सचिवालयले जनाए अनुसारगभर्नर पौडेलले मंगलबार सिंहदरबार पुगेर आयोगका उपाध्यक्ष अधिकारीसँग भेटवार्ता गरेका हुन्। अधिकारी र पौडेलबीच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताबारे छलफल भएको छ ।
अर्थतन्त्रलाई कोभिडपूर्वको अवस्थामा लैजाने गरी काम गर्ने समझदारी भएको जनाइएको छ । अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथमिकीकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन, मध्यमकालीन खर्च संरचना लगायत विषयमा आयोगले गरेका सुधारबारे गभर्नर पौडेललाई अवगत गराएका थिए। गभर्नर पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित गर्न सहजीकरण गर्ने बताए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij