Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी अवरोधले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

भिजिट भिसा प्रकरणमा प्रतिपक्षी अवरोधले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

  • काठमाडौँ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी अवरोधले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । मङ्गलबार बिहान ११ बजे बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसाको विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाएपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।  आज सुरु भएको  बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको थियो ।

    प्रतिपक्षमा रहेका  दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान लिइरहेका छन् । बिहान बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए ।त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए ।पछि सहमति नबनेपछि बुधबारका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्न परेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij