Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

पियोर इनर्जीको पहिलो दिनको शेयर कारोबारमा उत्साहजनक वृद्धि, मूल्य ९.९९% ले उकालो

पियोर इनर्जीको पहिलो दिनको शेयर कारोबारमा उत्साहजनक वृद्धि, मूल्य ९.९९% ले उकालो

  •  

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको शेयर कारोबार प्रारम्भ भएको पहिलो दिन नै कम्पनीको शेयरमूल्यमा उल्लेखनीय वृद्धि भएको छ। मङ्गलवारबाट दोस्रो बजारमा कारोबार थालिएको पियोर इनर्जीको शेयर नेप्सेले तोकेको अधिकतम मूल्य रु २८९.३० मा पहिलोपटक स्पेशल प्रि(ओपनिङ सेसनमा कारोबार भयो।

    यस प्रारम्भिक मूल्यकै आधारमा नियमित कारोबार सेसनमा शेयर मूल्यमा ९.९९% को वृद्धि देखिएको हो। सोहीअनुसार, प्रतिकित्ता रु २८.९० ले बढेर कम्पनीको शेयरमूल्य पहिलो दिन अन्त्यमा रु ३१८.२० मा कायम भएको छ। पहिलो दिन जम्मा १२० कित्ता शेयर मात्रै किनबेच भएको जानकारी नेप्सेले दिएको छ।

    पियोर इनर्जीले सर्वसाधारणका लागि चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख ११ गते बाँडफाँट गरेको थियो। कम्पनी जेठ १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्टक संकेतमार्फत सूचीकृत भएको हो। कम्पनीका कूल ८० लाख कित्ता शेयरमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र ६४ लाख कित्ता संस्थापकहरूको नाममा सूचीकृत गरिएको छ।

    सर्वसाधारणतर्फको शेयरमध्ये आयोजना प्रभावित स्थानीयलाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १ लाख ४४ हजार कित्ता, कर्मचारीका लागि २८ हजार ८०० कित्ता तथा सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता छुट्याइएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij