Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

ट्रेड टावर लिमिटेडको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला

ट्रेड टावर लिमिटेडको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला

  • काठमाडौं । ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गते (आज) देखि दोस्रो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन  सर्वसाधारणका लागि खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल आईपीओमध्ये १० प्रतिशत शेयर निष्कासन गरिसकेको छ भने अब बाँकी शेयर सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो।ट्रेड टावरले आफ्नो रु ८१ करोड ५६ लाख ९ हजार ७०० जारी पूँजीको ४८.६९६ प्रतिशत बराबरको, अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा निष्कासन गर्दैछ।
    सर्वसाधारणले १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ता देखि अधिकतम १,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा जेठ १९ गते बन्द हुनेछ भने आवश्यक परेको खण्डमा जेठ २८ गतेसम्म निष्कासन अवधि लम्बिन सक्छ।

    आवेदन मेरो शेयर अनलाइन, साथै लक्ष्मी सनराइज क्यापिटल र स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट गर्न सकिने व्यवस्था छ।इक्रा नेपालले कम्पनीलाईू रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ।

    सूचीकृतपछि, कम्पनीको पहिलो कारोबार मूल्य रु १२३.०९ देखि रु ३६९.२७ को रेञ्जमा नेप्सेले तोक्नेछ। सोपछि मूल्य निर्धारण बजारको माग र आपूर्तिका आधारमा हुनेछ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij