Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सानिमा बैंकले ३.३९ लाख संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ

सानिमा बैंकले ३.३९ लाख संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ

  •  

    काठमाडौं ।  सानिमा बैंकले संस्थापक सेयरधनी खेमराज लामिछानेको नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। लामिछानेले उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले औपचारिक रूपमा बिक्री प्रक्रिया अघि बढाएको हो।

    बैंकका अनुसार, हालका संस्थापक सेयरधनीहरूले आज (जेठ १४ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गरेर आवेदन दिन सक्नेछन्।

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। निर्धारित अवधिमा संस्थापक सेयरधनीहरूले आवेदन नदिएमा, बैंकले सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij