Logo

May 29 2025 | २०८२, जेठ १५गते

May 29 2025 | २०८२, जेठ १५गते

images

नेपाल राष्ट्र बैंकद्वारा ८० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी, तरलता व्यवस्थापनमा कडाइ

नेपाल राष्ट्र बैंकद्वारा ८० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी, तरलता व्यवस्थापनमा कडाइ

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अत्यधिक तरलता व्यवस्थापन गर्न ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण   जारी गर्ने निर्णय गरेको छ। उक्त निक्षेप संकलनको बोलकबोल प्रक्रिया बुधबार, जेठ १४ गते दिउँसो ३ बजेसम्म हुनेछ।

    केन्द्रीय बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरुको अत्यधिक तरलता चाप कम गर्न यो उपकरण २१ दिनका लागि प्रयोग गरिनेछ। निक्षेप संकलनको साँवा तथा ब्याज असार ४ गते भुक्तानी गरिनेछ भने यसको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

    बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको अन्तरमा निःशेष भाग जाने गरी कुल निष्कासित रकम बराबरको आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij