Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

कर तिर्न २१ कम्पनीहरूलाई १५ दिने अल्टिमेटम जारी , यी हुन् अल्टिमेटममा परेका कम्पनीहरू

कर तिर्न २१ कम्पनीहरूलाई १५ दिने अल्टिमेटम जारी , यी हुन् अल्टिमेटममा परेका कम्पनीहरू

  • काठमाडौं । कर तिर्न बाँकी कम्पनी रहेका २१ कम्पनीहरूलाई कर तिर्न  १५ दिने अल्टिमेटम जारी गरिएको छ ।
    २१ वटा कम्पनीले समयमै कर नतिरेपछि मध्यस्तरीय करदाता कार्यालयले १५ दिने ‘अल्टिमेटम’ जारी गरेको हो ।  कार्यालय अन्तर्गत रहेका ती कम्पनीहरूले कर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तिर्न बाँकी रहेका छन् ।

    तोकिएको  समय अवधिभित्र बक्यौता कर रकम दाखिला वा दाखिला गरिसकेको प्रमाण पेश हुन नआए  आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवम् मू अ कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारबाही गरी बक्यौता असुलउपर गरिने चेतावनी दिएको छ ।

    कर कार्यालयका अनुसार कर नतिर्ने कम्पनीमा लालीगुराँस बहुउद्देश्यीय सहकारी र शिखरदीप बहुउद्देश्यीय सहकारी संस्थाहरू अहिले समस्याग्रस्त घोषित भएका छन् । 

    यसैगरी  माउन्ट एभरेस्ट ब्रुअरी, सान्भी इन्टरनेशनल, विशाल सिमेन्ट, पोखराको सेलवेज डिपार्टमेन्टल स्टोर, गोरखा डिपार्टमेन्टल स्टोरले  पनि कर बुझाउन बाँकी रहेका छन् । त्यसैले कर बुझाउन  अल्टिमेटम दिइएको हो ।  

    अल्टिमेटम सूचीमा परेकाहरूमा डिभाइव ट्रिम नेटवर्क, मस्टा ग्रुप, दानीखोले इन्टरप्राइजेज, एड्भान्स केमिकल इन्डष्ट्रिज, भुसाल केवल एण्ड वायर इन्डष्ट्रिज, लोकेन्द्र इन्टरप्राइजेज,  स्वीकृति सप्लायर्स, टच ल्याम्प पावर इञ्जिनियरिङ, श्यामबाबा राइस एण्ड फ्लोर मिल, चजियाङ्ग हाइड्रोपावर कन्स्टक्सन एण्ड इञ्जिनियरिङ, बज्रयोगिनी हार्डवेयर, गुआंग्डोंग युवानियन रमन ज्वाइन्ट भेञ्चर, एसएनजी एग्रो, बज्रगुरु कन्स्ट्रक्सन समेत परेका छन् ।
    कार्यालयका अनुसार  बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा टेलिफोन सम्पर्क, ताकेता, सङ्कलन भ्रमण, छलफल तथा कार्यालयको अभिलेखमा भएको ठेगानामा विभिन्न मितिमा पत्राचार गरिएकोमा हालसम्म बक्यौता रकम दाखिला भएको छैन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij