
काठमाडौँ । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको तीनकुने घटनाबारे देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको निष्कर्ष निकालेको हो ।
नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको तीनकुने घटनामा उल्लङ्घन भएको आयोगको ठहर छ । २८ पृष्ठको प्रतिवेदनमा चैत १५ गते तीनकुनेमा गरिएको सभा मुलुभूत रुपमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको भनिएता पनि समान विचार भए धेरै सङ्घ सङ्गठन तथा अभियान र तिनका नेता नेतृत्व सहभागी रहेकाले घटना अघिको अवस्थामा कार्यक्रम परिचालनको स्वामित्व र समन्वय कसले गर्ने भन्ने नेतृत्वको होडबाजीका कारण सभा सञ्चालनको परिस्थितिको जस अपजस कसैले नलिने मनोविज्ञान सबैमा रहेको देखिएको उल्लेख छ ।
प्रतिवेदनको पूर्ण पाठ यस्तो छ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij