Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

नेप्सेमा प्रभु महालक्ष्मी र एसियन लाइफ इन्सुरेन्सको सेयर मूल्य समायोजन

नेप्सेमा प्रभु महालक्ष्मी र एसियन लाइफ इन्सुरेन्सको सेयर मूल्य समायोजन

  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु महालक्ष्मी विकास बैंक र एसियन लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। कम्पनीहरूले गरेका बोनस र हकप्रद सेयर वितरणका कारण मूल्य समायोजन गरिएको हो।

    प्रभु महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस सेयर वितरण गरेपछि यसको सेयर मूल्य समायोजन गरिएको हो। बुधबारको अन्तिम कारोबार मूल्य रु ५५३.५९ लाई आधार मानेर समायोजन गर्दा नयाँ मूल्य रु ५१२.५८ कायम गरिएको छ। बोनस वितरणपछि बजार पूँजीकरण सन्तुलनमा राख्न यसरी मूल्य घटाइएको हो।एसियन लाइफ इन्सुरेन्सको हकप्रद सेयर ४२ प्रतिशत रहेको छ। यसको अन्तिम कारोबार मूल्य रु ६९६.४४ रहेकोमा समायोजनपछि रु ५२०.०३ मा झारिएको छ। हकप्रद सेयर निष्कासनले सेयर संख्या बढ्ने भएकाले मूल्यमा समायोजन गरिएको हो।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij