Logo

Jun 01 2025 | २०८२, जेठ १८गते

Jun 01 2025 | २०८२, जेठ १८गते

images

अर्थमन्त्रीले तयार पारेको बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

अर्थमन्त्रीले तयार पारेको बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

  • काठमाडौँ । अर्थ मन्त्रालयले तयार पारेको बजेट केहीबेरमा मन्त्रिपरिषद् बैठकबाट अनुमोदन गरिने तयारी भइरहेको छ । मन्त्रिपरिषद् बैठक अपराह्न १ः४५ बजे बोलाइएको हो।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट भाषणा गर्ने भएका छन् ।

    त्यसका लागि अर्थमन्त्री पौडेलले रातभर लगाएर आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रुप दिएका छन्। उनले बुधबार राति ११ बजेदेखि मन्त्रालयका सचिवहरुसँग लगातार छलफल गरी बिहीबार बिहान साढे ३ बजे बजेटलाई अन्तिम रुप दिएका हुन्।

    अन्तिम रुप दिएपछि बजेट वक्तव्य र आर्थिक विधेयक प्रकाशनका लागि प्रेसमा पठाइएको थियो। राति ११ बजेपछि करका दरहरुलाई अन्तिम रुप दिइएको थियो। करका दरमा प्रवेश गर्नुअघि बजेटको अन्तिम छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी समेत सहभागी थिए।

    करका दरलाई मन्त्री पौडेल, अर्थसचिव घनश्याम उपाध्याय, राजस्वसचिव दिनेशकुमार घिमिरे, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल लगायतको टोलीले अन्तिम रुप दिएको हो।

    बजेटलाई अन्तिम रुप दिएपछि आ आफ्नो निवास गएका मन्त्री र सचिवहरु बिहान ८ बजे पुनः मन्त्रालयमा उपस्थित भएका थिए। मन्त्री पौडेलले बजेट वक्तव्य दोहो¥याएर पढेका छन्।

    त्यसअघि राष्ट्रिय योजना आयोगको स्रोत अनुमान समितिको बैठकले बजेटको अन्तिम सिलिङ पारित गर्दैछ। बैठक केहीबेरमा सुरु हुँदैछ। स्रोत अनुमान समितिले आगामी आवमा उठ्ने राजस्वको स्रोत देखाउँछ। त्यस्तै मध्यमकालीन खर्च संरचना पनि समितिले स्वीकृत गरेर मन्त्रिपरिषद्मा पठाउनेछ।
    समितिले यसअघि १९ खर्ब ६५ अर्बको बजेट सिलिङ दिएको थियो।

    मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि अर्थमन्त्रीले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। संघीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजे बोलाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij