Logo

Jul 20 2025 | २०८२, साउन ४गते

Jul 20 2025 | २०८२, साउन ४गते

images

आजको मौसम : देशभर आंशिक बदली र हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : देशभर आंशिक बदली र हल्कादेखि मध्यम वर्षाको सम्भावना

  •  


    काठमाडौं  । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने अन्य स्थानहरूमा एक-दुई ठाउँमा मेघगर्जनसहित वर्षा हुन सक्छ।

    नेपाल मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो र राति दुवै समयमा वर्षा सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

    मौसमविद्का अनुसार हाल नेपालमा पश्चिम र मध्य भू(भागहरूमा पश्चिमी तथा स्थानीय वायु, र कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ।

    यो वर्ष नेपालमा मनसुन औसत मिति ९जुन १३० भन्दा करिब १५ दिनअगाडि, अर्थात् मे २९ तारिख राति नै प्रवेश गरेको छ। अब यो क्रमशः पश्चिमतर्फ फैलिँदै देशभर व्याप्त हुन अझै केही समय लाग्ने मौसमविद्हरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij