Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामी खुला

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामी खुला

  •  

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आज (जेठ १९ गते) देखि ४० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। यस लिलामीमा बैंकका वर्तमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले पनि सहभागिता जनाउन सक्नेछन्।

    लिलामी सेयरका लागि न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ, तर सहभागीहरूले सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन दिने अन्तिम म्याद जेठ २५ गतेसम्म रहेको छ।

    बोलपत्र सिटिजन्स क्यापिटल, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा बुझाउनुपर्नेछ, जसले यस लिलामीको बिक्री प्रबन्धकको जिम्मेवारी सम्हालेको छ। इच्छुक लगानीकर्ताहरूले तोकिएको म्यादभित्र बोलपत्र पेश गरी लिलामीमा सहभागी हुन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij