Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

विकास हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

विकास हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

  • काठमाडौं ।  विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासनमा आवेदन दिने म्याद आज मङ्गलबार ९जेठ २०० अन्तिम दिन हो। कम्पनीले जेठ ६ गतेदेखि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ सार्वजनिक रुपमा निष्कासन गरेको हो। आवेदन आज कार्यालय समयभित्र मात्र दिन सकिनेछ।कम्पनीले जनाएको अनुसार मागभन्दा बढी आवेदन परिसकेकाले आइपीओ बिक्री मङ्गलबारको बैंकिङ समयपछि बन्द गरिनेछ।कम्पनीले ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँ बराबरको जारी पुँजीमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको हो।

    ३ लाख ६३ हजार ६४० कित्ता सेयर – गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं ४ र ५ का अति प्रभावित बासिन्दाका लागि

    ५ लाख ४५ हजार ४६१ कित्ता सेयर – धार्चे गाउँपालिका वडा नं १, २, ३, ६ र ७ का प्रभावित बासिन्दाका लागि
    सर्वसाधारणका लागि निष्कासन हुने सेयरमध्ये १०५ अर्थात् ३ लाख ५४ हजार ५५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ। आवेदन न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म गर्न सकिनेछ।

     प्रभु क्यापिटलको अनलाइन पोर्टल मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीको रेटिङ र बिक्री प्रबन्धक
    इक्रा नेपालले विकास हाइड्रोपावरलाई रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतालाई औसत जोखिमयुक्त संकेत गर्दछ।

    यस आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij