Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

विकास हाइड्रोपावरको वैदेशिक रोजगारी लक्षित आईपीओमा १४.८३ करोड रुपैयाँको आवेदन, मागभन्दा ४.१८ गुणा बढी

विकास हाइड्रोपावरको वैदेशिक रोजगारी लक्षित आईपीओमा १४.८३ करोड रुपैयाँको आवेदन, मागभन्दा ४.१८ गुणा बढी

  •  

    काठमाडौं ।  विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ)मा १४ करोड ८३ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार, आईपीओको अन्तिम दिन (जेठ २० गते) साँझ ५स्०७ बजेसम्म ६३ हजार ८६२ जनाले १४ लाख ८३ हजार ४५० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो आवेदन कम्पनीले निष्कासन गरेको सेयरको परिमाणभन्दा ४.१८ गुणा बढी हो।

    कम्पनीले जेठ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ३ लाख ५४ हजार ५५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो। यस सेयरको कुल मूल्य ३ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबर हुन्छ।

    यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij