Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

बरुण हाइड्रोपावरको १००% हकप्रद सेयर : जेठ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्ने

बरुण हाइड्रोपावरको १००% हकप्रद सेयर : जेठ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्ने

  •  

    काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज ८८जेठ २१ गते (बुधबार)सम्म कायम सेयरधनी योग्य हुनेछन्। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएकोले सो दिनसम्म सेयर किन्न भ्याउने लगानीकर्ताहरूले मात्र हकप्रद भर्न सक्नेछन्।

    कम्पनीले हाल १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्दैछ। प्रतिकित्ता १०० रुपैयाँका दरले यस हकप्रदबाट ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य लिएको छ।

    यसको बिक्री प्रबन्धकको जिम्मेवारी आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेडलाई दिइएको छ। हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेकोमा, हकप्रद निष्कासनपछि सो पुँजी बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij