Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

नर्थ समिट हाइड्रो कम्पनीले आईपीओ निष्कासन गर्ने

नर्थ समिट हाइड्रो कम्पनीले आईपीओ निष्कासन गर्ने

  • काठमाडौँ । नर्थ समिट हाइड्रो कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३८ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ।

    कम्पनीले आईपीओ जारी गर्ने प्रयोजनका लागि माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले यस सम्बन्धमा दुई शुक्रबार सम्झौता गरेका छन्।माछापुच्छ्रे क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोका तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    नर्थ समिट हाइड्रोले लमजुङको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदीखोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij