Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

मन्त्री पौडेलद्वारा स्वास्थ्य संस्थाको खरिद प्रक्रियामा चुहावट रहेको स्वीकार

मन्त्री पौडेलद्वारा स्वास्थ्य संस्थाको खरिद प्रक्रियामा चुहावट रहेको स्वीकार

  • काठमाडौँ ।स्वास्थ्य उपकरण खरिदमा बारम्बार विवादमा तानिँदै आएका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरूमा खरिद प्रक्रियामा ठूलो चुहावट रहेको स्वीकार गरेका छन्। शनिबार ‘नेपाल हेल्थ केयर मेनेजर्स एसोसिएसन’ र ‘अफिन’को संयुक्त कार्यक्रममा उनले खरिद प्रणालीमा अनियमितता भएको बताउँदै त्यसको जिम्मा कसको हो भन्ने स्पष्ट नभएको गुनासो गरे।  उनले मिडियाले खरिदमा समस्या हुँदा सिधै मन्त्रीको तस्बिर छाप्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। खरिद प्रणालीमा सुधारका लागि मन्त्रालयले के प्रयास गर्‍यो भन्नेबारे उनले केही खुलाएनन्। बरु कानुनी बाध्यता र ‘लोयस्ट बिडिङ’ प्रणालीका कारण गुणस्तरीय सामग्री ल्याउन नसकिने तर्क गरे।  वीर र ग्राण्डी अस्पतालको सफाइ उदाहरण दिँदै उनले एउटै कम्पनीले सेवा दिए पनि परिणाम किन फरक देखिन्छ भन्ने प्रसंग सुनाए। उनले व्यवस्थापकीय कमजोरीका कारण परिणाम नआएको स्वीकारे पनि खरिद अनियमिततामा आफ्नो जिम्मेवारी स्वीकार्न भने तयार देखिएनन्।  स्वास्थ्य सेवा विभागसहित विभिन्न अस्पतालमा मन्त्री पौडेल कार्यकालमा मिलेमतोका प्रमाण सार्वजनिक भइसके पनि संलग्नहरूमाथि कारबाही नभएकोमा उनी मौन छन्। खरिद प्रक्रियामा सुधारको सट्टा गुनासो मात्र गर्दै आफू जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij