Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

देशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, मौसम विभागको सतर्कता आग्रह

  • काठमाडौं।देशका पश्चिमी र मध्य भूभागहरूमा हाल पश्चिमी प्रणाली र स्थानीय वायुले मौसममा प्रभाव पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशमा भने मनसुनजन्य वायुको असर बढी देखिएको छ।

    यस प्रभावका कारण कर्णाली, सुदूरपश्चिम तथा अन्य पहाडी क्षेत्रहरूमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूमा आंशिकदेखि सामान्यतया सफा मौसम रहने अपेक्षा गरिएको छ।

    दिउँसोको समयमा कोशी र लुम्बिनी प्रदेशसँगै देशका अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। ती क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूका थोरै स्थानमा हल्का वर्षासहित हिमपात पनि हुन सक्छ।

    रातिको समयमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक वर्षा र चट्याङ हुने सम्भावना छ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा हिमपातको संकेत पनि दिइएको छ।

    मौसमको यस्तो परिस्थितिले जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij