Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

मौद्रिक नीति ल्याउन राष्ट्र बैंक जुरमुरायो , असार १० सम्म सुझाव दिन आग्रह गरियो

मौद्रिक नीति ल्याउन राष्ट्र बैंक जुरमुरायो , असार १० सम्म सुझाव दिन आग्रह गरियो

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/ ८३ को मौद्रिक नीति ल्याउन  तयारी सघन पार्न  लागेको छ । सरोकारवालासँग मौद्रिक नीतिसम्बन्धी सुझाव आगामी असार १० गतसम्म माग गरिएको हो ।केन्द्रीय बैंकले आगामी १५ साउनभित्र मौद्रिक नीति ल्याउन  सरोकारवालासँग सुझाव मागेको हो ।  नयाँ गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हुनेछ ।

     बजेटपछिको मौद्रिक नीतिलाई विशेष महत्वका साथ लिइने गरिन्छ । यो बजेट कार्यान्वयन र प्रतिफललाई ध्यानमा दिएर ल्याइन्छ ।आगामी १० असारसम्म मौद्रिक नीतिका लागि सुझाव संकलन गरी मौद्रिक नीतिका आन्तरिक कार्य र छलफललाई सघन बनाउने छ ।

    केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र मौद्रिक नीति ल्याइसक्नु पर्छ । सोही अनुसार आगामी १० असारसम्म मौद्रिक नीतिका लागि सुझाव दिइ सक्न केन्द्रीय बैंकले सबैमा अनुरोध गरेको हो ।केन्द्रीय बैंकले मौद्रिक नीतिका लागि सार्वजनिक रूपमा सुझाव माग गरी यो  प्रक्रिया सुरु भएको जानकारी पनि दिएको हो ।

    गत वर्षको समीक्षा, बजेटको समीक्षा र आगामी समयमा अर्थतन्त्रका समस्या हटाइ वास्तविक अर्थतन्त्रको विस्तारबारे मौद्रिक नीति केन्द्रित हुने गभर्नर पौडेलका पछिल्ला अभिव्यक्तिहरूले दर्शाएका छन् । अर्थतन्त्रमा गतिविधि अपेक्षितरूपमा बढ्न नसकेर राष्ट्र बैंकलाई बैंकिङ प्रणालीको तरलता सोस्नु परिरहेको छ । पहिलो पटक ४२ दिनका लागि यो साता राष्ट्र बैंकले निक्षेप संकलन गरेबाट अर्थतन्त्रमा ऋणको मागमा वृद्धि ल्याउने उपायको खोजी मौद्रिक नीतिबाट गर्नुपर्ने देखिएको छ । यसका लागि अर्थतन्त्रमा भएका प्रावधानहरूलाई अध्ययन गर्नुपर्ने र आएका सुझावको अध्ययन गर्नुपर्ने सम्बद्ध अधिकारीहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij