Logo

Jun 11 2025 | २०८२, जेठ २८गते

Jun 11 2025 | २०८२, जेठ २८गते

images

बैंकहरूको कर्जा लगानी १० महिनामा सुधार, असार मसान्तको तुलनामा ७ .३ प्रतिशत बढी कर्जा लगानी

बैंकहरूको कर्जा लगानी १० महिनामा सुधार, असार मसान्तको तुलनामा ७ .३ प्रतिशत बढी कर्जा लगानी

  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीमा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्ष १० महिनामा ३ खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी भएको देखिएको हो ।यो लगानी गत असार मसान्तको तुलनामा ७.३ प्रतिशत बढी भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

    गत आवको  १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ४.७ प्रतिशतले बढाएको थियो । त्यो अवधिमा उनीहरुले २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष १२.५ प्रतिशतले ऋण लगानी विस्तार हुने प्रक्षेपण गरेको भएपनि त्यो पूरा हुने देखिँदैन् । चालु आवको दुई महिना मात्र बाँकी रहेको छ । यसैबीच नेपाल राष्ट्र बैंकले यो साता ४२ दिने निक्षेप संकलन गरेबाट पनि यो प्रक्षेपण पूरा हुन नसक्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij