Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

कैलालीमा गोली प्रहार गरी दुई  फरार अभियुक्त पक्राउ

कैलालीमा गोली प्रहार गरी दुई  फरार अभियुक्त पक्राउ

  •  

    काठमाडौं ।  कैलाली जिल्लामा प्रहरीले गोली प्रहार गरेर दुई फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तथा प्रवक्ता राजकुमार सिंहका अनुसार, ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोप लागेका मिलन चन्द र रिदम ढुंगानालाई गोली प्रहार गरी पक्राउ गरिएको हो।

    उनीहरूलाई आज प्रहरीले पक्राउ गरी ल्याउने क्रममा भजनी गाउँपालिका–७ स्थित क्षेत्रमा पिसाब फेर्ने बहानामा भाग्न खोजेका थिए। सुरुमा प्रहरीद्वारा हवाइ फायर गरिएको थियो तर उनीहरू नटेकेपछि अन्ततः घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

    चन्द र ढुंगाना खुकुरी प्रहार गरेर कसैको ज्यान लिन खोजेको अभियोगमा लामो समयदेखि फरार थिए। हाल दुवैलाई उपचारपछि थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij