Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

वाणिज्य बैंकको नाफा ४७ अर्ब ७९ करोड

वाणिज्य बैंकको नाफा ४७ अर्ब ७९ करोड

  • काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार २० वाणिज्य बैंकहरुले वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।ती बैंकहरूमा सबै भन्दा बढी नाफा नबिल बैंकको रहेको छ । नबिलले बैंकले वैशाख मसान्तसम्म ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको हो । धेरै नाफा गर्ने दोस्रो स्थानमा ग्लोबल आइएमई रहेको छ । ग्लोबलको नाफा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

    सोही गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड, एभरेष्ट बैंकले ३ अर्ब ९० करोड ३३ लाख, नेपाल बैंकले ३ अर्ब २८ करोड ८७ लाख, प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड ५५ लाख, एनएमबि बैंकले २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् ।स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड ६४ लाख, लक्ष्मी सनराईज बैंकले २ अर्ब १५ करोड ६५ लाख, सिद्धार्थ बैंकले २ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा कमाएको देखिएको छ । 

    यसैगरी प्रभु बैंकले २ अर्ब १४ लाख, सानिमा बैंकले १ अर्ब ८७ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ७३ करोड ३८ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड २० लाख, माछापुच्छे बैंकले १ अर्ब ३१ करोड ३५ लाख र सिटिजन्स बैंकले १ अर्ब १८ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।यस्तै हिमालयन बैंकले ६८ करोड ३४ लाख, कुमारी बैंकले ४८ करोड १९ लाख र एनआईसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij