Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंकको बहिर्गमन पक्का

हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंकको बहिर्गमन पक्का

  • काठमाडाँैं । हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक बाहिरिने निश्चित भएको छ ।लामो समयदेखि बाहिरिन अड्कल आशंका हुँदै आएकोमा अन्ततः हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेपछि हिमालयन बैंकबाट उसको बहिर्गमन पक्का भएको हो ।पाकिस्तानको हबिब बैंक हिमालयन बैंकको सबै भन्दा ठुलो सेयर धनी रही आएको हो ।

    हिमालयनमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हबिब बैंकले बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने छ । 

    नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गरी लिन पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने भएकाले उक्त सेयर खरिदका लागि हिमालयन बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । 

    तर संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिद नगरे  सर्वसाधारण लगानीकर्ताका लागि ती सेयरहरू बिक्री खुला गरिने  छ । नेपाल राष्ट्र बैंकले यसअघि हबिबलाई  सेयर बिक्री गर्न अनुमति नदिएकाले बिक्री भएको थियो । बिक्री नभएपछि हबिब बाहिरिन सकेको थिएन् । विगतमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले उक्त सेयर खरिद गर्ने चर्चा चलेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij