Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • काठमाडौँ ।संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकका लागि तीन वटा मुख्य कार्यसूची तय गरिएको छ।

    'पानी जहाज विधेयक' संसदमा टेबुल हुने

    बैठकको सम्भावित कार्यसूचीअनुसार राष्ट्रियसभाबाट आएको 'पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१' मा आधारित सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गरिनेछ।

    संघीय निजामती सेवा विधेयकमाथि समितिको प्रतिवेदन प्रस्तुत हुने

    त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    अर्थमन्त्री पौडेलले बजेटमाथि सामान्य छलफल सुरु गर्ने प्रस्ताव ल्याउने

    बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भन्ने प्रस्ताव पेश गर्ने सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij