Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

नेपाल राष्ट्र बैंकद्वारा बजारबाट  ४२ दिने अवधिका लागि  ४० अर्ब रुपैयाँ निक्षेप उठाउँदैँ

नेपाल राष्ट्र बैंकद्वारा बजारबाट  ४२ दिने अवधिका लागि  ४० अर्ब रुपैयाँ निक्षेप उठाउँदैँ

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट  ४२ दिने अवधिका लागि  ४० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार १ गते ४० अर्ब रुपैयाँ उठाउने भएको हो ।

    राष्ट्र बैंकले ४२ दिन अवधीका लागि उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले साउन ११ गते फिर्ता पाउनेछन् । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।लनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    साथै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij