Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

ग्लोबल आइएमई समुन्नत योजना : असार २२ देखि सार्वजनिक बिक्री खुला, न्यूनतम १०० देखि अधिकतम १.२ करोड इकाईसम्म आवेदन गर्न सकिने

ग्लोबल आइएमई समुन्नत योजना : असार २२ देखि सार्वजनिक बिक्री खुला, न्यूनतम १०० देखि अधिकतम १.२ करोड इकाईसम्म आवेदन गर्न सकिने

  •  

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘ग्लोबल आइएमई समुन्नत योजना’ अन्तर्गतको इकाई असार २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। यो बन्दमुखी लगानी कोष योजनाअन्तर्गत सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँको दरमा इकाई खरीद गर्न सक्नेछन्।

    कुल १२ करोड इकाईमध्ये, १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई तथा १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेडलाई छुट्याइएको छ। बाँकी १० करोड २ लाख इकाई सार्वजनिक रूपमा बिक्रीका लागि खुला गरिनेछ।

    लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा असार २५ गतेसम्म हुनेछ। तर, सो अवधिमा सम्पूर्ण इकाई बिक्री नभएमा आवेदन अवधि साउन ४ गतेसम्म लम्ब्याइनेछ।

    यस योजनामा आवेदन दिनका लागि लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू वा मेरो सेयर प्रणाली प्रयोग गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij