
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
पिपुल्स पावरको ५०% हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ मूल्य ३६१.१३ रुपैयाँ
काठमाडौं । पिपुल्स पावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर जारीको सन्दर्भमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको सेयर मूल्यमा समायोजन गरेको छ। नेप्सेका अनुसार आइतबार (असार १) को अन्तिम कारोबार मूल्य ४९१.७० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको सेयर मूल्य ३६१.१३ रुपैयाँ कायम गरिएको छ।
यसै मूल्यलाई आधार मानेर सोमबारदेखि सेयर कारोबार खुला हुनेछ। कम्पनीले आइतबार बुक क्लोज गरी हकप्रद सेयरका लागि योग्यता प्राप्त शेयरधनीहरूलाई निर्धारण गरिसकेको छ। पिपुल्स पावरले जारी गर्न लागेको हकप्रद सेयर हालका शेयरधनीहरूलाई १:२ अनुपातमा (५०%) उपलब्ध गराइनेछ।
बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत् व्यापारबाट पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताउनुभएको छ ।
यस वर्ष नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आज ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट वि
शेयर बजार : नेप्से परिसूचकमा २.१३ अंकले बढेर २६५७.५२ बिन्दुमा, ११ अर्ब ४४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २.१३ अंकले बढेर २६५७.५२ बिन्दुमा आएको छ । आज ११ अर्ब ४४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । उत्पादनमूलक समूहमा बढी तेजी देखिएको छ । यस दिन ३ सय ८ कम्पनीको २ करोड ५३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८९ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनी परेका छन् ।
प्रतिनिधिसभा बैठकमा पुनः नाराबाजी, रास्वपा र राप्रपाको 'भिजिट भिसा' र अध्यागमन विषयमा दबाव
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको नाराबाजी र बेलघेराउका कारण अवरुद्ध भएको छ।
बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले रोष प्रकट गर्दै सभामुखको आसन घेरेर विरोध प्रदर्शन गरेका थिए।
उनीहरू ‘भिजिट भिसा’ र अध्यागमन प्रणालीमा देखिएको अनियमितताको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएका छन्। यिनै मागहरूलाई लिएर रास्वपा र राप्रपाले विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गरिरहेका छन्।
गर्जाङ उपत्यका हाइड्रो लिमिटेडको विशेष साधारण सभा असार १४ गते, पूँजी वृद्धि प्रस्ताव
काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो लिमिटेडले आगामी असार १४ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो।
विशेष साधारण सभा काठमाडौंको बिजुलीबजारस्थित कार्यालय परिसरमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीले पूँजी वृद्धि गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेको छ।
ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, ३ लाख २९ हजार बढीले पाए १० कित्ताका दरले शेयर
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर ९क्ष्एइ० को बाँडफाँट असार १ गते सम्पन्न गरेको छ। बाँडफाँट कार्यक्रम काठमाडौंको गौशालास्थित होटल क्रिष्टलमा आयोजना गरिएको थियो।
विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार, मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट ३ लाख २९ हजार ६५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडिएको हो। बाँडफाँटपछि बाँकी रहेको ५।१९ कित्तामध्ये ५ जनालाई थप १–१ कित्ता र तीमध्ये १ जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको जानकारी दिइएको छ।
लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा ६०% भन्दा बढी विनियोजन
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभाको छैठौँ अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दै समृद्ध लुम्बिनी र खुसी नागरिकको दीर्घकालीन लक्ष्य हासिल गर्न योजना केन्द्रित गरिएको जानकारी दिए।
प्रस्तुत बजेटमा १२ अर्ब १ करोड रुपैयाँ ९३०।८८५० चालु खर्चतर्फ, २३ अर्ब ४७ करोड रुपैयाँ (६०.३२%) पुँजीगत खर्चतर्फ, र ३ अर्ब ४२ करोड रुपैयाँ (८.८०%) वित्तीय हस्तान्तरणतर्फ विनियोजन गरिएको छ। बजेटले कृषिमा उत्पादन तथा उत्पादकत्व वृद्धिदेखि लिएर गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, उद्यमशिलता प्रवर्द्धन, पूर्वाधार विकास, सामाजिक न्याय र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ।
गण्डकी प्रदेशको ३२ अर्बको बजेट सार्वजनिक, १ अर्ब ७५ करोडको घाटा आन्तरिक ऋणबाट पूर्ति हुने
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा अर्थमन्त्री डा। टकराज गुरुङले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब कम हो। चालु आवमा ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बजेट कार्यान्वयनमा रहेको थियो।
नयाँ बजेटमा कुल विनियोजनमध्ये १२ अर्ब ६३ करोड ६६ लाख अर्थात् ३९।५ प्रतिशत चालु खर्चतर्फ, १९ अर्ब ९ करोड २४ लाख अर्थात् ५९.७ प्रतिशत पुँजीगत खर्चतर्फ, र २५ करोड रुपैयाँ (०.८ प्रतिशत) वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ।
कोशी प्रदेशको ३५ अर्ब ८८ करोडको बजेट सार्वजनिक: आर्थिक वृद्धि ५.३% को लक्ष्य
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२र८३ का रु ३५ अर्ब ८७ करोड ९९ लाख बजेट प्रस्तुत गर्नुभएको छ ।
कुल विनियोजन बजेटमध्ये चालुतर्फ रु १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ रु १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलव सात प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात् शून्य दशमलव तीन प्रतिशत रहेको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा एक दशमलव सात प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको जनाइएको छ । कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ७० करोड ७२ लाख रहेको छ ।
उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग
काठमाडौँ । नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु उत्पादक किसानलाई रु एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग गरेका छन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घले उखु उत्पादक किसानलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षको अनुदान करिब रु एक अर्ब ६० करोड किसानलाई यथाशीघ्र भुक्तानी गर्नुपर्ने माग गरेका हुन् ।
उनीहरु दुग्ध उत्पादक किसानहरुको वक्यौता रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने, धान र मकैका लागि अति आवश्यक रहेको रासायनिक मलको पर्याप्त उपलब्धताको सुनिश्चितता गर्नुपर्ने समेत माग गरेका हुन् ।
राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ र त्यसका सञ्चालक विरुद्ध दर्ता गरेको १ अर्ब ३६ करोड ८८ लाख भन्दा बढीकोे यस्तो छ मुद्दाको विवरण
काठमाडौँ । राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ र त्यसका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा आज दर्ता गराएको मुद्दामा नेपाल क्यान मुभ प्रालि र त्यसका सञ्चालक विरुद्ध १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५सय २० रुपैयाँ बिगो जरिवाना मागदाबी समेत गरी मुद्दा दायर गरेको हो ।
कस्मेटिक बजारमा लोकप्रिय ट्रुमी ट्रुडर्माको हेटौडामा ब्युटिसियन ट्रेनिङ र सेमिनार सम्पन्न
हेटौडा । छोटो समयमै कस्मेटिक बजारमा लोकप्रिय बन्दै गरेको ट्रुमी ब्रान्डले बागमती प्रदेशको राजधानी हेटौडामा ब्युटिसियन ट्रेनिङ तथा सेमिनार कार्यक्रमको आयोजना गरेको छ ।हेटौडाका ब्युटिपार्लर व्यवसायी तथा कस्मेटिक व्यवसायीलाई लक्षित गरि एक दिने ट्रेनिङ तथा सेमिनार कार्यक्रम गरेको हो । कार्यक्रममा ट्रुमी ब्राण्डका विभिन्न कस्मेटिक तथा पार्लरमा प्रयोग हुने सामग्रीहरूको प्रदर्शन तथा अनुभव साटासाट गरिएको थियो ।
‘राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ’
काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा पार्टीकोतर्फबाट विचार राख्दै उहाँले रु २० अर्ब राजस्व उठाउन सकिने बताउँदै अहिले ५० प्रतिशत राजस्व चुहावट भइरहेको जानकारी दिनुभयो । “बजेट तुलनात्मक रूपमा यथार्थपरक छ, निजी क्षेत्रका समस्या समाधान गर्न उन्मुख बजेट आएको छ, बजेटले आयोजनालाई प्राथमिकीकरण गर्न खोजेको छ, अनुत्पादक क्षेत्रमा ऋण लिनुहुँदैन, आवश्यक विषयमा ऋण लिन डराउनु पनि हुँदैन रु तीन करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि रु एक हजारका आयोजना पनि आउनुले सरकारको निर्णय कार्यान्वयन नभएको देखिएको छ”, पूर्वमन्त्रीसमेत रहनुभएका सांसद आचार्यले भन्नुुभयो ।
अर्थमन्त्री पौडेलको दाबी : बजेट सन्तुलित, पुँजीगत खर्च र राजस्वमा उल्लेख्य वृद्धि
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्तुलित र दिगो विकासको लक्ष्यका साथ प्रस्तुत गरिएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्दै उनले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढाइएको जानकारी दिए।
उनका अनुसार, अन्तरसरकारी वित्तीय हस्तान्तरणका लागि निर्धारित सीमाभन्दा करिब ४ अर्ब रुपैयाँले बढी रकम विनियोजन गरिएको छ। बजेटको मुख्य आम्दानी श्रोतको रूपमा राजस्व रहने उल्लेख गर्दै पौडेलले राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने व्यवस्था गरिएको स्पष्ट पारे।
नागरिक लगानी कोष र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच एक पेन्सन योजनासम्बन्धी सम्झौता भएको छ ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको होकोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाइने जानकारी दिए ।उनले स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि आग्रह गरे । त्यसैगरी गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।
रौतहटमा चार महिनामा १ करोड ८२ लाख बढी मूल्यका अवैध सामान बरामद, सशस्त्र प्रहरीको सीमा सुरक्षामा कडाइ
रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो ।
नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा रु ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ ।”
ग्लोबल आइएमई समुन्नत योजना : असार २२ देखि सार्वजनिक बिक्री खुला, न्यूनतम १०० देखि अधिकतम १.२ करोड इकाईसम्म आवेदन गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘ग्लोबल आइएमई समुन्नत योजना’ अन्तर्गतको इकाई असार २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। यो बन्दमुखी लगानी कोष योजनाअन्तर्गत सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँको दरमा इकाई खरीद गर्न सक्नेछन्।
कुल १२ करोड इकाईमध्ये, १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई तथा १ करोड ६२ लाख इकाई कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेडलाई छुट्याइएको छ। बाँकी १० करोड २ लाख इकाई सार्वजनिक रूपमा बिक्रीका लागि खुला गरिनेछ।
नेपाल राष्ट्र बैंकद्वारा बजारबाट ४२ दिने अवधिका लागि ४० अर्ब रुपैयाँ निक्षेप उठाउँदैँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४२ दिने अवधिका लागि ४० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार १ गते ४० अर्ब रुपैयाँ उठाउने भएको हो ।
राष्ट्र बैंकले ४२ दिन अवधीका लागि उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले साउन ११ गते फिर्ता पाउनेछन् । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।लनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ कायम
काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ९७ हजार १०० रुपैयाँ रहेको थियो । सो दिन सुनको भाउ प्रतितोला ४२ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला २१ सय ६५ रुपैयाँ कायम रहेको छ ।
केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु
काठमाडौँ । केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए ।
भारतको उत्तराखण्ड स्थित गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।
दिउँसो र राति मौसममा फेरबदल: भारी वर्षाको सम्भावना
काठमाडौँ, नेपाल — हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मनसुनी प्रभाव सक्रिय देखिएको छ, भने लुम्बिनी प्रदेशको पूर्वी भागमा समेत यसको हल्का असर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, देशको पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुले पनि आंशिक प्रभाव पारिरहेको छ।
यसको परिणामस्वरूप कोशी प्रदेश लगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बादल लाग्ने अवस्था रहेको छ। बाँकी भूभागमा मौसम प्रायः सफा वा आंशिक बदलीको अवस्थामा छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका थुप्रै स्थानमा साथै अन्य केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij