Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका हुन्छ : मन्त्री भण्डारी

देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका हुन्छ : मन्त्री भण्डारी

  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका रहने धारणा व्यक्त गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली भाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा प्रतिष्ठानले पु¥याउँदै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको समग्र विकास र समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो हुन् । भौतिक पूर्वाधारको विकास मात्रले समृद्धि हासिल हुँदैन, साँचो समृद्धि त मौलिकता, पहिचान र सिर्जनशीलताको संरक्षणबाट सम्भव हुन्छ ।”

    v1.jpg

    मन्त्री भण्डारीले नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझ सशक्त, समावेशी र यथार्थपरक संस्थाको रूपमा अगाडि बढाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत स्पष्ट गर्नुभयो । उहाँले साहित्य, कला र संस्कृतिको विकास र संरक्षणलाई राष्ट्रिय गौरव र कर्तव्यको रूपमा लिनु पर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “हामी जतिसुकै प्रविधिमा अघि बढे पनि सांस्कृतिक मूल्य र राष्ट्रिय चेतनाको संरक्षणबिना त्यो विकास दीगो हुन सक्दैन ।”
    कार्यक्रममा उहाँले सिर्जनात्मक साहित्य, मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सबै सरोकारवालाहरूबीच सहकार्यको खाँचो औँल्याउनुभयो । “हामीले आत्मगौरवका लागि हाम्रो पहिचान बोकेको संस्कृति, भाषा र कला जोगाउनैपर्छ,” उहाँले भन्नुभयो । 


    सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङठनद्वारा प्रतिष्ठानमा योगदान पु¥याएका अग्रज साहित्यकारहरूलाई सम्मान गरिएको थियो । साथै, नेपाली भाषा र संस्कृतिका समसामयिक चुनौतीहरू, नीति निर्माणको प्रभाव, सृजनात्मक स्वतन्त्रता, र भावी पुस्तामा यसको प्रभावबारे गम्भीर विमर्श गरिएको थियो ।
    गोष्ठीमा विशिष्ट साहित्यकार, प्राज्ञिक व्यक्तित्व, कलाकार, सरकारी अधिकारीहरू तथा युवा सर्जकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागितामार्फत अनुभवी तथा नयाँ पुस्ताबीच सर्जनात्मक विचार आदानप्रदान भएको आयोजकहरूले जनाएका छन् ।
    नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना पश्चात् ६८ वर्षको यात्रामा संस्थाले नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई प्रवद्र्धन गर्नमा खेलेको भूमिकालाई बहसको केन्द्रबिन्दु बनाइएको कार्यक्रममा भनिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij