Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

एनआइसी एसिया र सिटिजन्स क्यापिटललाई खुलामुखी म्युचुअल फन्ड योजना बिक्री अनुमति

एनआइसी एसिया र सिटिजन्स क्यापिटललाई खुलामुखी म्युचुअल फन्ड योजना बिक्री अनुमति

  •  

    काठमाडौं । एनआइसी एसिया क्यापिटल र सिटिजन्स क्यापिटलले आ-आफ्नो खुलामुखी म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेका छन्। सेबोनले एनआइसी एसिया क्यापिटललाई “एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्कीम” अन्तर्गत १० करोड इकाई (जम्मा १ अर्ब रुपैयाँ बराबर) तथा सिटिजन्स क्यापिटललाई “सिटिजन्स सदाबहार योजना” अन्तर्गत ५ करोड इकाई (जम्मा ५० करोड रुपैयाँ बराबर) बिक्री गर्न स्वीकृति दिएको हो।

    यी दुवै म्युचुअल फन्ड योजनाका इकाईहरु प्रतिइकाई १० रुपैयाँको दरले सर्वसाधारणका लागि बिक्रीमा आउनेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij