Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

नेपालमै पहिलो: ब्रोकर ब्याक अफिसदेखि क्लाइन्ट पोर्टलसम्मको एकीकृत प्रणालीको विकास

नेपालमै पहिलो: ब्रोकर ब्याक अफिसदेखि क्लाइन्ट पोर्टलसम्मको एकीकृत प्रणालीको विकास

  • काठमाडौं । फिनटेक कम्पनी सोर्स कोड प्रालि र हिमालयन सेक्युरिटिज लिमिटेडबीच नेपालकै पहिलो ‘ब्रोकर ब्याक अफिस टु क्लाइन्ट पोर्टल प्रणाली’ विकास गर्न औपचारिक सहमति भएको छ। यस सहकार्यले नेपाली पुँजी बजारमा डिजिटल रूपान्तरणको नयाँ युगको सुरुआत गर्ने विश्वास गरिएको छ।

    सम्झौताअनुसार, लगानीकर्ताहरू अब एकै डिजिटल प्लेटफर्ममार्फत खाता खोल्ने, सेयर कारोबार गर्ने, पोर्टफोलियो विश्लेषण गर्ने, मार्जिन लेन्डिङ सेवा प्रयोग गर्ने तथा ब्रोकरसँग प्रत्यक्ष सम्पर्क राख्न सक्नेछन्। वेब र मोबाइल दुबै माध्यममा सञ्चालन हुने यो अत्याधुनिक प्रणालीले सेवा प्रवाह मात्र होइन, पूँजी बजारको कार्यप्रणालीमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

    सोर्स कोड प्रालिका प्रमुख कार्यकारी अधिकृत अमोद भट्टराईले बताएअनुसार, ूयो नेपालमा पहिलोपटक प्रस्तुत गरिएको डिजिटल प्लेटफर्म हो जसले ब्रोकर फर्म र ग्राहकबीचको अन्तर्क्रियालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउनेछ। हिमालयन सेक्युरिटिजको प्रविधिमा देखिएको अग्रसरता नेपाली पूँजी बजारको भविष्य निर्धारण गर्नेछ।ू

    यता, हिमालयन सेक्युरिटिज लिमिटेडका प्रबन्ध निर्देशक विजय बहादुर श्रेष्ठले भने, ूहामी सम्पूर्ण ग्राहक सेवाहरू एउटै डिजिटल छानामुनि ल्याउने कार्यमा नेतृत्व गर्न पाउँदा अत्यन्त उत्साहित छौं। यो साझेदारी हाम्रो सेवा स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउने प्रतिबद्धताको प्रतिबिम्ब हो।ू

    कम्पनीका अनुसार यो एकीकृत डिजिटल प्लेटफर्म आगामी केही महिनाभित्र सार्वजनिक गरिनेछ। यसले ग्राहकलाई विभिन्न प्रणालीहरूमा जानुपर्ने झन्झटबाट मुक्ति दिलाउँदै एकद्वार डिजिटल सेवा अनुभव उपलब्ध गराउनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij