
काठमाडौं ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा ठिकै छ मेरी प्रिय " गीत आज शुक्रबार सार्वजनिक भएको छ। गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी ठिकै छ मेरी प्रिय " गीत सार्वजनिक भएको हो। गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय गरेका हुन। गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल स्टुडियोमा गरिएको हो । गीतको निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वा
रा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन् । गीतको ,मिक्स/मास्टरिङ-महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेको छ भने गीत/संगीत-शेखर ठकुरीको रहेको छ । गीतको सिनेमेटोग्राफी-साजन ठाकुर , रंग- राजेन्द्र मोक्तान , भि एफ एक्स -सत्यम राणा,ग्राफर- नरेश अधिकारी , फोकस-निरञ्जन थापा तथा भिडियो कन्सेप्ट-ड्रागन मोशन पिक्चर रहेको छ।यो गीत खास गरि क्लासिकल र रक ट्र्याजेडी भएको ले नेपाली संगीत बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij