Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

यस वर्षको मनसुन आजदेखि देशभर फैलियो, मौसम विभागको विशेष बुलेटिन

यस वर्षको मनसुन आजदेखि देशभर फैलियो, मौसम विभागको विशेष बुलेटिन

  •  

    काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै २३ दिनपछि मनसुन सम्पूर्ण नेपालमा सक्रिय भएको जनाएको हो।

    मनसुन यस वर्ष जेठ १५ गते देशको पूर्वी भाग हुँदै प्रवेश गरेको थियो। प्रारम्भमा कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मनसुन क्रमशः जेठ २९ गतेसम्म मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको थियो।

    मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन फैलिएको छ, जसका कारण अब देशभर नै मनसुन सक्रिय हुनेछ। “हाल कोशी, मधेस, बागमती, गण्डकीका केही भूभाग र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनी वायुले प्रभाव जमाएको छ,” उहाँले बताउनुभयो, “त्यस्तै, देशका पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij