Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

आर्थिक पत्रकारितामा विश्वसनीयता र दक्षता आवश्यक : डेपुटी गभर्नर मिश्र

आर्थिक पत्रकारितामा विश्वसनीयता र दक्षता आवश्यक : डेपुटी गभर्नर मिश्र

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको समुचित विकासका लागि पत्रकारिताको भूमिका अझै प्रभावकारी र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नविल बैंकको संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको दुई दिने ‘एडभान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ तालिमको उद्घाटन सत्रमा बोल्दै उनले आजको चुनौती गलत सूचना नभई सत्य र सन्तुलित सूचनाको आपूर्ति रहेको बताए।

    मिश्रले आर्थिक पत्रकारितामा तथ्य र सन्दर्भको महत्व झनै बढेको उल्लेख गर्दै भने, “वित्तीय प्रणाली अत्यन्त संवेदनशील हुन्छ, त्यसैले यहाँ सानोतिनो त्रुटिपूर्ण सूचनाले पनि ठूलो प्रभाव पार्न सक्छ।” उनले गलत सूचना सम्प्रेषणले मात्र संस्थागत छवि होइन, समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पार्ने स्पष्ट पारे।

    उनले पछिल्ला दिनमा आर्थिक पत्रकारितामा केही सकारात्मक रूपान्तरण देखिए पनि नियमित रुपमा पत्रकारको सीप अभिवृद्धिका लागि यस्ता तालिमहरू आवश्यक रहेको बताए। “नयाँ तथ्यांक र प्रविधिको आगमनसँगै पत्रकारिताले पनि अपडेट भइरहनु पर्छ,” उनले थपे।

    त्यसैगरी, मिश्रले समाचारमा तथ्यांकको अपूर्ण प्रस्तुति वा अपडेटको अभावले जनमानसमा भ्रम फैलिन सक्ने भन्दै, उदाहरणस्वरूप राष्ट्र बैंकले निक्षेप संकलनको घोषणा गरेपछिको वास्तविक संख्यात्मक नतिजा अक्सर समाचारमा नआउने गुनासो राखे। अन्त्यमा, उनले यस्ता व्यावसायिक तालिमहरूलाई नियमितरूपमा सञ्चालन गर्न राष्ट्र बैंक पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij