Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

  •  

    जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि रु ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबरको बजेट प्रस्तुत गरेको छ ।

     

    महोत्तरी गाउँपालिकाद्वारा आज आयोजित १३ औँ गाउँसभामा अध्यक्ष दिलीपकुमार पाण्डेले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारा मूलमन्त्र मान्दै ‘समृद्ध गाउँपालिका, सुखी गाउँपालिकावासी’ बनाउने उद्देश्यले आर्थिक वर्ष २०८२र८३ लागि रु ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबर बजेट प्रस्तुत गरेको छु ।” 

    उहाँका अनुसार पालिकाले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु नौ करोड ५२ लाख, सशर्त अनुदानबाट रु १४ करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड र समपुरक अनुदानबाट रु एक करोड पाँच लाख प्राप्त हुने देखाइएको छ । त्यसैगरी प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानबाट रु ६६ लाख आठ  हजार, सशर्त अनुदानबाट रु ८० लाख, विशेष अनुदानबाट रु ३० लाख र समपुरक अनुदानबाट रु २० लाख प्राप्त हुनेछ । सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट रु आठ करोड ३९ लाख ४९ हजार एक सय ८४, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु ४९ लाख १६ हजार चार  सय ४० र आन्तरिक स्रोतबाट  रु सात करोड जुट्ने भएको छ । 

     

    गाउँपालिकाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा गौरवको आयोजनामा गाउँपालिकादेखि सबै वडा हुँदै जिल्ला सदरमुकाम जलेश्वरसम्म पुग्ने बाटोमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रमलाई अघि सारेको छ । महत्त्वपूर्ण तथा महत्वकांक्षी योजनामा स्थानीय समुदायसँगको सहकार्यमा १५ शैय्याको अस्पताल निर्माणको लागि जग्गा प्राप्ति, छ हजार घर परिवारलाई एक घर एक विद्युतीय चुल्हो वितरण, गाउँपालिकाको सबै वडाको मुख्यमुख्य चौकमा सिसीटीभी जडान, वाइफाइ फ्री जोन बनाइनेलगायत कार्यक्रम राखिएको छ । 

     

    त्यस्तै प्रत्येक वडामा शुद्ध खानेपानी, पार्क निर्माण, किसानका लागि शितगृह निर्माण, डीप ट्युववेल जडान, बजार व्यवस्थापनलगायत कार्यक्रमलाई गाउँपालिकाले महत्त्वका साथ अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij