Logo

Jun 21 2025 | २०८२, असार ७गते

Jun 21 2025 | २०८२, असार ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ६ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ६ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असार ६ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

    आर्थिक पत्रकारितामा विश्वसनीयता र दक्षता आवश्यक : डेपुटी गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको समुचित विकासका लागि पत्रकारिताको भूमिका अझै प्रभावकारी र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नविल बैंकको संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको दुई दिने ‘एडभान्स बैंकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ तालिमको उद्घाटन सत्रमा बोल्दै उनले आजको चुनौती गलत सूचना नभई सत्य र सन्तुलित सूचनाको आपूर्ति रहेको बताए।

    मिश्रले आर्थिक पत्रकारितामा तथ्य र सन्दर्भको महत्व झनै बढेको उल्लेख गर्दै भने, “वित्तीय प्रणाली अत्यन्त संवेदनशील हुन्छ, त्यसैले यहाँ सानोतिनो त्रुटिपूर्ण सूचनाले पनि ठूलो प्रभाव पार्न सक्छ।” उनले गलत सूचना सम्प्रेषणले मात्र संस्थागत छवि होइन, समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पार्ने स्पष्ट पारे।

    सर्वोत्तम स्टिल्सले ५०% हकप्रद सेयर निष्कासन गर्ने, असार २५ गते विशेष साधारण सभा

    काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टिल्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

    विशेष साधारण सभा यही असार २५ गते, काठमाडौंको तीनकुनेस्थित कम्पनीको कार्यालयको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ। सो सभाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयका साथै, सोही अनुपातमा चुक्तापूँजी वृद्धि गर्ने उद्देश्यले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

    राप्ती हाइड्रोको ‘लक–इन’ अवधि साउन ९ मा सकिने, सेयर कारोबारका लागि खुला हुँदै

    काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडिएको सेयरको ‘लक–इन’ अवधि आगामी साउन ९ गते सकिने भएको छ। उक्त मितिपछि यी सेयरधनीहरूले आफ्नो सेयर बजारमा कारोबार गर्न सक्नेछन्।

    नेपालको सेयर बजार सम्बन्धी नियमअनुसार, कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेपछि कम्तीमा तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको सेयर ‘लक–इन’ अवधिमा राख्नुपर्ने व्यवस्था छ। यसैअनुसार, राप्ती हाइड्रोको ३१ लाख ८६ हजार ५२८ कित्ता संस्थापक सेयर, ५ लाख ७५ हजार १७० कित्ता स्थानीय बासिन्दाको सेयर र ७० हजार ९८८ कित्ता कर्मचारीको सेयर साउन ९ गतेसम्म ‘लक’ रहनेछ।

    महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

    जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि रु ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबरको बजेट प्रस्तुत गरेको छ ।

     

     

    महोत्तरी गाउँपालिकाद्वारा आज आयोजित १३ औँ गाउँसभामा अध्यक्ष दिलीपकुमार पाण्डेले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारा मूलमन्त्र मान्दै ‘समृद्ध गाउँपालिका, सुखी गाउँपालिकावासी’ बनाउने उद्देश्यले आर्थिक वर्ष २०८२र८३ लागि रु ४३ करोड ९४ लाख ७३ हजार छ सय २४ बराबर बजेट प्रस्तुत गरेको छु ।”

    पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ । श्रीवास्तव हाल बहादुरमाई नगरपालिका पर्सामा कार्यरत हुनुहुन्छ ।

     

    विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।

    कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ८२ करोड विनियोजन

    खोटाङ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खोटाङमा रु ८२ करोड २२ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । एकवर्षे तथा बहुवर्षे गरी १५१ वटा योजना सञ्चालन गर्न सो बजेट विनियोजन गरेको हो । 

     

    भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईको सचिवालयका कर्मचारी सन्तोष राईका अनुसार मन्त्रालयले खोटाङमा न्यूनतम रु सात लाखदेखि रु १० करोडसम्मका योजनाका लागि बजेट विनियोजन गरेको छ ।

    सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करबारे संसदीय उपसमितिमा छलफल

    काठमाडौँ ।सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका विषयमा निरन्तर छलफलमार्फत निष्कर्षमा पुग्न व्यवसायी र सम्बन्धित मन्त्रालय सहमत भएका छन् । 

     

    राष्ट्रियसभाअन्र्तगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको  उपसमितिले आज डाकेको बैठकमा व्यवसायीहरूले आफ्ना मागबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग वार्ता जारी राख्दै समाधान निकाल्न सहमत भएका हुन् ।

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    डोटी ।डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

     

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।

    ६१ किलो सुन तस्करी प्रकरण: फरार अभियुक्त अमला रोका काठमाडौँबाट पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ ।

     

     

    निज रोकालाई सीआइबीको टोलीले काठमाडौँबाट आज पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोका ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । आज हाम्रो टोलीले पक्राउ गरेको छ । उनी पक्राउ परेका बारेमा हामी प्रेस विज्ञप्ति निकाल्ने तयारीमा छौँ ।” राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

    नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री

    काठमाडाँै । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताउनुभएको छ । आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारेमा छलफलका क्रममा सो जानकारी गराउनुभएको हो । मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उहाँहरु स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमाक्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरु स्वदेश फर्कन चाहेमा उहाँहरुको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ ।” सो बैठकमा श्रममन्त्री शरद्सिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको र उहाँहरु स्वदेश फर्कन चाहनुभएमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताउनुभयो ।

    एघार महिनामा वैदेशिक व्यापार करिब १९ खर्ब जति विस्तार भयो

    काठमाडौँ । चालु आवको एघार महिनामा वैदेशिक व्यापारको आकार १८.८० प्रतिशतले बढेको छ  । गत आवको तुलनामा भने जेठ मसान्तसम्म वैदेशिक व्यापारको आकार १८.८० प्रतिशतले बढेको हो  । चालु आवमा १८ खर्ब  ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रहेको छ ।

     

    गत आवको जेठसम्म वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५लाख २५ हजार रुपैयाँ बराबर रहेको थियो ।निर्यातमा आएको उछालले समग्र वैदेशिक व्यापारमा निर्यातको हिस्सा समेत १३.०८ प्रतिशत ओगटेको छ । जुन गत आवको तुलनामा ४९.६५ प्रतिशतले बढी छ ।  आयातको हिस्सा ८६.९२ प्रतिशतमा झरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.७६ प्रतिशतले खुम्चिएको देखिन्छ ।

    प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूको बैठक प्रारम्भ, संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल

    काठमाडौँ ।  सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न  प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा प्रारम्भ भएको छ ।

     

    बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी हुनुहुुन्छ ।

    शूज सिटी एण्ड बंशल ब्रदर्सको काम एक धन्दा अनेक, मिस ब्राण्डका जुत्ता चप्पल कहाँ बन्छन् ? के गर्दै छ राजस्व अनुसन्धान विभाग?

    काठमाडौँ । देशकै ठुलो व्यापारिक केन्द्र नयाँ सडकस्थित रञ्जना गल्लीमा रहेको शूज सिटी एण्ड बंशल ब्रदर्सको काम एक धन्धा अनेक देखिएको छ । शूज सिटी र बंशल ब्रदर्सका सञ्चालक पीके बंशल,  सञ्जय बंशल, अनिल बंशलको मुख्य काम मिस ब्राण्डका जुत्ता चप्पलको कारोबार हो । यद्यपि  बंशलहरूको मुख्य काम मिस ब्राण्डका लेडिज जुत्ता चप्पल बाहेक  ब्यागलगायतका वस्तुहरूको कारोबार पनि रहेकोे छ । बंशलहरूले पाटनरसिपमा ब्याग लगायतका मालवस्तुको समेत कारोबार गर्दै आएको बताइन्छ ।
    बंशल ब्रदर्स, शूज सिटीका सञ्चालकहरू पीके बंशल , सञ्जय बंशलले  मिस ब्राण्डका लेडिज जुत्ता चप्पल चाइना र इण्डियाबाट आयात गर्दछन् । उनीहरूले तयारी जुत्ता चप्पल निश्चित परिमाण आयात गर्ने र बाँकी मिस ब्राण्डका जुत्ता चप्पल बनाउन कच्चा पदार्थको रूपमा  सोल छुट्टै , अप्पर छुट्टै र अन्य म्याटेरियल्स छुट्टा छुट्टै कालिगढ लगाएर बनाउने गरेको बताइन्छ । यसरी कच्चा पदार्थको रूपमा जुत्ता चप्पल आयात गरेर नेपालमै बनाउन लगाउँदा ठुलो मात्रामा फाइदा हुने स्वयम् जुत्ता चप्पल व्यापारीहरू बताउँछन् ।

    मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

    टोकियो ।मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर भएको तथ्याङ्कले शुक्रबार देखाएको छ । मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ ।

     

     

    अक्टोबरमा उहाँले पदभार सम्हालेपछि उहाँको प्रशासनका लागि सार्वजनिक समर्थन सबैभन्दा तल्लो तहमा झरेका कारण आंशिक रूपमा जीवनयापनको लागतमा निराश भएपछि संसद्को माथिल्लो सदनका लागि चुनाव इसिबाका लागि महत्त्वपूर्ण छ ।

     

    आक्रोशको मुख्य स्रोतहरू मध्ये एक खाद्य पदार्थको बढ्दो लागत हो । यो आपूर्ति शृङ्खलामा समस्या लगायत विभिन्न कारणहरूले गर्दा अभावका कारण महिनौँदेखि आकाश छुँदै गएको छ ।

    इयुद्वारा प्रमुख राज्य चिकित्सा उपकरण सम्झौताबाट चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध

    ब्रसेल्स ।बेइजिङले आफ्नो बजारमा पहुँचमा राखेका सीमाहरूको जवाफमा युरोपेली सङ्घ ९इयु० ले शुक्रबार चिनियाँ कम्पनीहरूलाई ५० लाख युरो ९५८ लाख डलर० भन्दा बढीको सरकारी चिकित्सा उपकरण खरिद गर्न प्रतिबन्ध लगाएको छ ।

     

    सत्ताइस राष्ट्रको समूह इयु र चीनबीचको व्यापारिक तनावको यो पछिल्लो आक्रमणले शल्यक्रिया मास्कदेखि एक्स–रे मेसिनसम्म स्वास्थ्य सेवा आपूर्तिको व्यापक दायरालाई समेट्छ, जसले इयुमा एक खर्ब ५० अर्ब युरोको बजार प्रतिनिधित्व गर्छ ।

     

    “यी उपायका साथ हाम्रो उद्देश्य इयु व्यवसायहरूका लागि खेल मैदान बराबर गर्नु हो”, ब्लकका व्यापार आयुक्त मारोस सेफकोभिकले भन्नुभयो, “हामी यी समस्या समाधान गर्न चीनसँग वार्ता गर्न प्रतिबद्ध छौँ ।”

    पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

    काबुल । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ ।

     

    पाकिस्तानको विभिन्न जेलमा तीन महिना बिताएका महिला र बालबालिका लगायत पूर्व कैदीहरूलाई तोरखाम सीमा विन्दुमा अफगान अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

     

    पाकिस्तानले विगत छ महिनामा सयौँ अफगान कैदीलाई मुक्त गरेको छ । इस्लामाबादले कानूनी यात्रा कागजातहरू नभएका अफगान शरणार्थीहरूलाई छिमेकी देश छोड्न समेत निर्देशन दिएको छ ।

    यस वर्षको मनसुन आजदेखि देशभर फैलियो, मौसम विभागको विशेष बुलेटिन

    काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै २३ दिनपछि मनसुन सम्पूर्ण नेपालमा सक्रिय भएको जनाएको हो।

    मनसुन यस वर्ष जेठ १५ गते देशको पूर्वी भाग हुँदै प्रवेश गरेको थियो। प्रारम्भमा कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मनसुन क्रमशः जेठ २९ गतेसम्म मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको थियो।

    ‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’ : सुरक्षामन्त्री शरत्सिंह भण्डारी

    पाटन  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको बताउनुभएको छ । 

     

    अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन नेपालद्वारा आज ललितपुरमा आयोजित श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुसरोकारवाला नीति संवाद कार्यक्रममा मन्त्री भण्डारीले विदेशमा रहेका श्रमिकहरूको पक्षमा सरकारको सक्रियता बढाइएको बताउनुभयो । 

     

    मन्त्री भण्डारीले व्यापार, प्रवासन र मानवअधिकारबीचको अन्तरसम्बन्धलाई विशेष रूपमा उल्लेख गर्दै जिम्मेवार व्यापार अभ्याससँगै श्रमिकको मानवअधिकारको रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताउनुभयो । “वैदेशिक रोजगारी केवल आम्दानीको स्रोत मात्र नभई श्रमिकको गरिमा र अधिकारको विषय पनि हो, नेपाली महिला र पुरुष श्रमिकहरूले श्रम गन्तव्य मुलुकहरूको विकासमा उल्लेखनीय योगदान दिइरहेका छन्, ती मुलुकहरूले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन सुनिश्चित गर्न विश्वव्यापी मूल्यमान्यता र मर्मअनुसार व्यवहार गर्नुपर्छ,” मन्त्री भण्डारीले भन्नुभयो ।

    टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ ल्याउने तयारी, असार २८ गते वार्षिक साधारण सभा

    काठमाडौं ।टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गर्न असार २८ गते पाँचौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो।

    सभाको आयोजना कास्की जिल्लाको पोखरामा बिहान ८:३० बजे हुने तय भएको छ। सभामा जारी पूँजीको २०.५३ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न नियामक निकायबाट स्वीकृति लिने र त्यसका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव प्रस्तुत हुनेछ।

    सर्वोत्तम स्टिल्सले ५०% हकप्रद सेयर निष्कासन गर्ने, असार २५ गते विशेष साधारण सभा

    काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टिल्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

    विशेष साधारण सभा यही असार २५ गते, काठमाडौंको तीनकुनेस्थित कम्पनीको कार्यालयको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ। सो सभाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयका साथै, सोही अनुपातमा चुक्तापूँजी वृद्धि गर्ने उद्देश्यले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

    राप्ती हाइड्रोको ‘लक–इन’ अवधि साउन ९ मा सकिने, सेयर कारोबारका लागि खुला हुँदै

    काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडिएको सेयरको ‘लक–इन’ अवधि आगामी साउन ९ गते सकिने भएको छ। उक्त मितिपछि यी सेयरधनीहरूले आफ्नो सेयर बजारमा कारोबार गर्न सक्नेछन्।

    नेपालको सेयर बजार सम्बन्धी नियमअनुसार, कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेपछि कम्तीमा तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको सेयर ‘लक–इन’ अवधिमा राख्नुपर्ने व्यवस्था छ। यसैअनुसार, राप्ती हाइड्रोको ३१ लाख ८६ हजार ५२८ कित्ता संस्थापक सेयर, ५ लाख ७५ हजार १७० कित्ता स्थानीय बासिन्दाको सेयर र ७० हजार ९८८ कित्ता कर्मचारीको सेयर साउन ९ गतेसम्म ‘लक’ रहनेछ।

    मेरो माइक्रोफाइनान्सले १ लाख ७२ हजार सेयर बिक्रीमा

    काठमाडौं । मेरो माइक्रोफाइनान्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यसमा आवेदन दिन सक्ने प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई मात्र दिइएको छ।

     

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२०, ३२५ र ३४० रुपैयाँ तय गरिएको छ। संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि आवेदन दिने क्रममा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले असार ६ गतेबाट शुरू भएर ३५ दिनभित्र कम्पनीको सीतापाइला स्थित कार्यालयमा आवेदन दिन सक्नेछन्। यदि यो अवधिमा संस्थापक सेयरधनीहरूले आवेदन नदिएमा सेयर बिक्री अन्य व्यक्ति वा संस्थालाई पनि गरिने कम्पनीले जनाएको छ।

    अस्ट्रेलियामा सन् २०२४ मा शुद्ध आप्रवासन ३० प्रतिशतले घट्यो, जनसंख्या वृद्धिदर न्यूनतम

    क्यानबेरा। सन् २०२४ मा अस्ट्रेलियामा शुद्ध आप्रवासन ३० प्रतिशतले घटेसँगै देशको जनसंख्या वृद्धिदर तीन वर्षकै न्यूनतम स्तरमा पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांक अनुसार, अस्ट्रेलियाको राष्ट्रिय जनसंख्या सन् २०२४ मा ४४५,९०० जनाले बढेर दुई करोड ७४ लाख पुगेको छ, जुन १.७ प्रतिशत वृद्धिदर हो।

     

    यो वृद्धिदर सन् २०२३ को तुलनामा कम हो, जब जनसंख्या २.४ प्रतिशतले बढेको थियो। एबिएसका अनुसार सन् २०२४ मा जनसंख्या वृद्धिमा आएको गिरावट मुख्यतया शुद्ध आप्रवासीहरुको संख्या घटेको कारण हो।

    सन् २०२४ मा अस्ट्रेलिया आएका विदेशी नागरिकको संख्या पाँच लाख ९४ हजार ९ सय थियो भने त्यहाँबाट प्रस्थान गर्नेको संख्या दुई लाख ५४ हजार २ थियो, जसले कुल शुद्ध आप्रवासन ३४०,७५० पुर्‍यायो। यो संख्या सन् २०२३ को तुलनामा करिब ३५.७ प्रतिशतले कम हो।

    ठिकै छ मेरी प्रिय " गीत आज सार्वजनिक

    काठमाडौं ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा ठिकै छ मेरी प्रिय " गीत आज शुक्रबार सार्वजनिक भएको छ। गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी ठिकै छ मेरी प्रिय " गीत सार्वजनिक भएको हो। गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।  गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय  गरेका हुन।  गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल स्टुडियोमा गरिएको हो । गीतको निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वा

    प्रधानमन्त्री ओलीले दैलेखमा ग्यास फेला परेको खबरमा खुशी व्यक्त गरे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यास स्रोत फेला परेको खबरप्रति खुसी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रधानमन्त्री हुँदा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरेको सम्झना गराएका छन्।

     

    प्रधानमन्त्री ओलीले भने, “दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोधका आवाजहरू थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्याँस रहेको खबरले ती दिनहरू सम्झाएको छ, यो खुसीको समाचार हो।”

    १६ अर्बभन्दा बढी पासवर्ड चुहावट, साइबर सुरक्षामा डरलाग्दो संकट

    काठमाडौं। विश्वव्यापी साइबर सुरक्षामा गम्भीर खतरा देखा परेको छ। हालै सार्वजनिक गरिएको एक रिपोर्ट अनुसार, करिब १६ अर्बभन्दा बढी पासवर्ड र लगइन विवरण इन्टरनेटमा चुहावट भएको पुष्टि भएको छ। यो हालसम्मकै सबैभन्दा ठूलो साइबर डाटा लीकको घटना भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

     

    फोर्ब्स डटकममा प्रकाशित समाचार अनुसार, चुहिएको डाटामा विश्वका प्रमुख प्रविधि कम्पनीहरूसहित सामाजिक सञ्जाल, VPN सेवा, डेभलपर पोर्टल र अन्य निजी प्लेटफर्महरूका प्रयोगकर्ताका संवेदनशील विवरण समावेश छन्।

    चितवनका किसानलाई प्याजको उचित मूल्य नपाउँदा सस्तोमा बेच्न बाध्य

    चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा व्यावसायिक रूपमा उत्पादन गरिएको प्याजले बजारमा उचित मूल्य नपाउँदा किसानहरू चिन्तित छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा प्याज खेती विस्तार गरिएको थियो।

     

    भरतपुर–२१ का किसान बाबुराम धमलाले १६ कट्ठा जमिनमा लगाएको प्याजबाट करिब १८ क्विन्टल उत्पादन भए पनि बजारमा मूल्य नपाएको गुनासो गरे। उनले भने, “प्रतिकिलो रु २५ भन्दा कममा व्यापारीले लिन खोज्छन्, लागतसमेत नउठ्ने भएकाले अहिले बिक्री नगरी बोरामा राखेर बसेको छु।”

    पहिलो पटक नेपालमा आलुबाट बनेको फ्रेन्च फ्राइजको निर्यात हुन सुरु

    काठमाडौँ । आलु कच्चा पदार्थ  हुने  उद्योगले फ्रेन्च फ्राइजलगायतका उत्पादन गरी विदेशमा निर्यात गर्न थालेको छ । नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योगको रूपमा स्थापित  फस्र्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४मा उत्पादित आलुजन्य उत्पादनहरूको भारतीय बजारमा निर्यात थालिएको जनाएको हो ।

     

    उद्योगका सञ्चालक तथा अध्यक्ष कृष्णप्रसाद पौडेलले जनाए अनुसार पछिल्लो तीन महिनामा १० कन्टेनर फ्रेन्च फ्राइज भारत निर्यात भइसकेको छ। यो उत्पादनले नेपालमा पूर्ण रूपमा आयातमा हुने फ्रेन्च फ्राइजको परनिर्भरतामा कमी आउने र निर्यात बजारमा हिस्सा ओगटन सक्ने विश्वास अध्यक्ष पौडेलको छ ।

    दुम्किबासमा बाढीले बस बगायो, ३८ यात्रुको सकुशल उद्धार

    काठमाडौँ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। बिहीबार राति करिब ११ बजे पूर्वबाट बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस खोलामा फसेर बगेको हो।

     

    बसमा तीन बालबालिकासहित ३८ जना यात्रु सवार थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ। बाढीले बगाएको बस घटनास्थलदेखि करिब एक किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ।

    डेढ वर्षदेखि अलपत्र वाफिया संशोधन विधेयक, अर्थमन्त्रीको अडानले थपियो अन्योल

    काठमाडौँ ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) २०७३ लाई अद्यावधिक गर्न तयार गरिएको संशोधन विधेयक प्रतिनिधि सभाको अर्थ समितिमा गएको डेढ वर्ष बितिसक्दा पनि अझै अन्योलमै छ। विधेयक २०८० चैत ५ गते संसदमा दर्ता गरिएको थियो, तर २०८१ असार १७ गतेदेखि समितिमा पुगेसँगै प्रक्रिया ठप्पजस्तै बनेको छ।

     

    समितिमा अधिकांश सांसदहरूले संशोधन विधेयकलाई पुनर्लेखन गर्नुपर्ने सुझाव दिएका थिए। त्यसैअनुसार जेठ १९ मा समितिले अर्थमन्त्रालयलाई विधेयक परिमार्जन गर्न वा त्यसको स्पष्ट कारणसहित जवाफ दिन निर्देशन दिएको थियो। तर अर्थमन्त्री विष्णु पौडेलले ‘पुनर्लेखन आवश्यक छैन’ भन्ने छोटो प्रतिक्रिया दिएपछि विधेयकको प्रगति रोकिएको हो।

    ग्वार्काे फ्लाई ओभर आजदेखि सञ्चालनमा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

    काठमाडौँ ।ग्वार्कोस्थित ओभरपासको निर्माण अन्तिम चरणमा पुगेको छ, यद्यपि अझै केही साना तर महत्त्वपूर्ण कार्यहरू बाँकी रहेको निरीक्षणपछि पाइएको छ। प्रतिनिधिसभा सदस्य माधव सापकोटाले निरीक्षणपछि जानकारी दिँदै बत्ती तथा सिसी क्यामेरा जडान जस्ता सुरक्षासम्बन्धी कामहरू बाँकी रहेको उल्लेख गरे। यस सम्बन्धमा मन्त्रालयका सचिव र सडक विभागका प्रमुखसहितका अधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशन दिइएको पनि उनले बताए।

    सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम

    काठमाडौँ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । 

    आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर २१ सय ५० रुपैयाँ कायम भएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij