Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि ४२% हकप्रद शेयर निष्कासन गर्दै, साउन १३ गतेसम्म आवेदन दिन सकिने

एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि ४२% हकप्रद शेयर निष्कासन गर्दै, साउन १३ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्तापूँजीको आधारमा प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद शेयर जारी गर्न लागेको हो।

    यो योजनाअनुसार कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता शेयर निष्कासन गर्नेछ। यसका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    आवेदन दिने अन्तिम म्याद साउन १३ गते तोकिएको छ। हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। साथै, मुक्तिनाथ विकास बैंकका प्रमुख शाखाहरू ९बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर, बुटवल० र एशियन लाइफ इन्स्योरेन्सका कार्यालयहरूबाट पनि आवेदन दिन सकिनेछ।

    यसबाहेक, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्बा सेवा लिने बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट पनि आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले मेरो शेयर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

    हाल एशियन लाइफ इन्स्योरेन्सको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासनपछी यो बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij