Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरको आपत्कालीन बैठक बोलाउने

इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरको आपत्कालीन बैठक बोलाउने

  •  

    भियना ।अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले पश्चिम एसियामा भइरहेका घटनाक्रमका कारण आपत्कालीन बैठक बोलाएको यसका महानिर्देशक राफेल ग्रोसीले आइतबार बताउनुभएको छ ।

     

    एक्समा एक पोस्टमा ग्रोसीले भन्नुभयो, “इरानको आपत्कालीन अवस्थाका कारण म भोलिका लागि आइएइए को बोर्ड अफ गभर्नरहरूको आपत्कालीन बैठक बोलाउँदैछु ।”

     

    आइएइएले आइतबार फोर्डोको भूमिगत संवर्धन सुविधासहित इरानका तीन प्रमुख आणविक साइटहरूमा हालैका आक्रमणहरूपछि साइट बाहिरको विकिरणको स्तरमा कुनै वृद्धि नभएको पुष्टि गरेको छ ।

     

    “फोर्डोसहित इरानका तीनवटा आणविक स्थलमा आक्रमणहरूपछि यस समयसम्म साइट बाहिर विकिरणको स्तरमा कुनै वृद्धि भएको रिपोर्ट नभएको आइएइएले पुष्टि गर्नसक्छ । थप जानकारी उपलब्ध हुँदै जाँदा आइएइएले इरानको अवस्थाका बारेमा थप मूल्याङ्कनहरू प्रदान गर्नेछ”, एजेन्सीले एक वक्तव्यमा भन्यो ।

     

    आइएइएको यो वक्तव्य नतान्ज, इस्फाहान र फोर्डोमा आणविक सुविधाहरूलाई लक्ष्य बनाउँदै संयुक्त राज्य अमेरिका र इजरायलका भारी सैन्य आक्रमणहरूपछि आएको हो । आक्रमणहरूमा नर्थरोप ग्रुम्यानद्वारा निर्मित बी–२ स्पिरिट बमवर्षकहरू संलग्न थिए ।

     

    इरानले आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै निन्दा गरेको छ र आफ्नो आणविक कार्यक्रम जारी राख्ने वाचा गरेको छ ।

     

    इरानको आणविक ऊर्जा सङ्गठन ९एइओआई० ले जारी गरेको एक वक्तव्यले आइतबार बिहान इरानका आणविक स्थलहरू ‘बर्बर आक्रमणको अधीनमा थिए–अन्तर्राष्ट्रिय कानून, विशेष गरी एनपिटी ९आणविक अप्रसार सन्धि० को उल्लङ्घन गर्ने कार्य’ भएको पुष्टि गरेको छ ।

     

    “अन्तर्राष्ट्रिय नियमहरू उल्लङ्घन गर्ने यो कार्य दुर्भाग्यवश अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० को उदासीनता र यहाँसम्म कि सहभागितामा भएको हो”, एइओआई भन्यो ।

     

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सैन्य कारबाहीको प्रशंसा गर्दै इरानी आणविक सुविधाहरूलाई लक्षित गर्ने ट्रम्पको साहसी निर्णयले इतिहास परिवर्तन गर्ने बताउनुभएको छ ।

     

    इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ र अब अमेरिका इजरायलको समर्थनमा सामेल भएको छ ।

     

    यसैबीच इरानी मिसाइल आक्रमणले इजरायलमा नागरिकहरूलाई घाइते बनाएको केही समयपछि इजरायली वायुसेनाले आइतबार पश्चिमी इरानमा सैन्य स्थलहरूलाई लक्ष्य बनाउँदै नयाँ लहरको हवाई आक्रमण सुरु गरेको छ ।  

     

    इजरायलले जुन १३ मा इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामको व्यापक हवाई आक्रमण गरेपछि इजरायल र इरानबीच द्वन्द्व सुरु भएको थियो ।

     

    प्रतिक्रियामा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आइआरजिसी० ले इजरायली लडाकू जेट इन्धन उत्पादन सुविधाहरू र ऊर्जा आपूर्ति केन्द्रहरूलाई लक्षित गर्दै ‘अपरेसन ट्रु प्रोमिस ३’ नामको ठूलो मात्रामा ड्रोन र मिसाइल अपरेसन सुरु गर्‍यो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij