Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोडको बजेट सार्वजनिक

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोडको बजेट सार्वजनिक

  •  

    चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सोमबार सम्पन्न १७औं नगरसभामा बजेट प्रस्तुत गरेका हुन्।

    नयाँ बजेट अघिल्ला दुई आर्थिक वर्षको तुलनामा घटेको हो। अघिल्लो वर्ष ९२०८१/८२० मा ६ अर्ब ५५ करोड ८५ लाख रुपैयाँ र त्यसअघिको वर्ष (२०८०/८१) मा ६ अर्ब ४८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याइएको थियो।

    यस वर्षको बजेटमा स्रोतगत पक्षमा आन्तरिक आम्दानीबाट १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख, संघीय सरकार र प्रदेश सरकारको राजस्व बाँडफाँटबाट क्रमशः ३१ करोड ९१ लाख र १४ करोड ४ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। साथै, जनसहभागिता तथा श्रमदानबाट ५ करोड, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

    सामाजिक सुरक्षा र अन्तरसरकारी अधिकार अन्तर्गत १ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरूका लागि ६० करोड र बहुवर्षीय ठेक्काका योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख छुट्याइएको छ।

    महानगरका २९ वडामा न्यूनतम ३ करोड २१ लाखदेखि अधिकतम ३ करोड ४० लाखसम्मको बजेट वितरण गरिएको छ। वडास्तरीय बजेट विनियोजन न्यूनतम सुनिश्चितता र सूत्रमा आधारित प्रणालीमार्फत गरिएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij