Logo

Aug 24 2025 | २०८२, भदौ ८गते

Aug 24 2025 | २०८२, भदौ ८गते

images

इजरायल र इरानबीच युद्ध विराम हुन सक्ने सम्भावना

इजरायल र इरानबीच युद्ध विराम हुन सक्ने सम्भावना

  • काठमाडौँ । इजरायल र इरानबीच युद्ध विराम हुन सक्ने सम्भावना बढेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध विराम सुनिश्चित भएको केही घण्टामा सार्वजनिक हुने बताएका हुन् ।ट्रम्पले यो बताएको बेला युद्धरत दुवै पक्षले यसको पुष्टि नगरेको भएपनि केही बेर पछि इरानका विदेशमन्त्रीले  सांकेतिक भाषामा सम्भावनालाई पुष्टि गरेको देखिएको हो ।
    इजराइलसँगको १२ दिने युद्ध सकिएको इरानी विदेशमन्त्री अब्बास अराघचीले परोक्ष रूपमा बताएका छन्।

    उनले केही समयअघि सामाजिक सञ्जालमा लेख्दै इजरायललाई अन्तिम समयसम्म जवाफ दिएकोमा इरानी सेनालाई बधाइ दिएका छन्।‘हाम्रो शक्तिशाली सेनाले इजरायली आक्रमणलाई जवाफ दिने काम अन्तिम मिनेट, बिहान ४ बजेसम्म जारी राख्यो,’ उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।यसअघि उनले युद्धविराम हुनसक्ने संकेत गर्दै भनेका थिए, ‘इजरायलले तेहरानको समयअनुसार बिहान ४ बजेसम्ममा आक्रमण बन्द ग¥यो भने हाम्रो पनि जवाफी कारबाही गर्ने कुनै इरादा छैन।’
    तेहरानको समय इजरायलको भन्दा आधा घन्टाअघि छ। इजरायलमा  बिहान ४ बज्नेबित्तिकै अराघचीले सामाजिक सञ्जालमा लेखेका हुन्।
    सबै इरानीसँगै म हाम्रा साहसी सुरक्षाकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु जो हाम्रो देशको रक्षा गर्न शरीरमा रगतको अन्तिम थोपासम्म तयार थिए र जसले अन्तिम मिनेटसम्म शत्रुलाई जवाफ दिए’ अघराचीले भने ।इरानी विदेशमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक हुन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा इजरायल र इरानबीच युद्धविराम हुने जनाएका थिए।राष्ट्रपति ट्रम्पले गएराति सामाजिक सञ्जालमा लेखेका थिए, ‘इजरायल र इरानबिच पूर्ण युद्धविराम गर्ने सहमति भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij