Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

काठमाडौं आकाशमा घुमिरह्यो ल्हासाबाट आएको विमान, तेज हावाले अवतरणमा अवरोध

काठमाडौं आकाशमा घुमिरह्यो ल्हासाबाट आएको विमान, तेज हावाले अवतरणमा अवरोध

  •  

    काठमाडौं ।  चीनको ल्हासाबाट काठमाडौं आउँदै गरेको हिमालय एयरलाइन्सको एक विमान निर्धारित समयमै अवतरण गर्न असमर्थ भएको छ। विमान १२:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम भए तापनि, तीन बजेसम्म पनि नेपाली आकाशमै घुमिरहेको देखिएको छ।

    विमान अवतरण हुन नसक्नुको मुख्य कारण काठमाडौंको आकाशमा रहेको अत्यधिक हावाको गति भएको जनाइएको छ। तेज हावाका कारण विमानस्थलमा अवतरणका लागि आवश्यक सुरक्षित वातावरण तयार हुन सकेको छैन। मौसम प्रतिकूल हुँदा विमानहरूलाई निर्धारित समयभन्दा लामो समय आकाशमा होल्ड गरिनु पर्ने अवस्था आउने गरेको छ।

    विमानको अवस्थाबारे विस्तृत जानकारी लिने प्रयास भइरहेको छ भने यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक उपायहरू अपनाउने तयारी भइरहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij